खोजी विशेष संवाददाता
फे्रबुअरी ५, टुओम्बा
नेपलिज एशोसिएसन अफ टुओम्बाले आयोजना गरेको बनभोज कार्यक्रममा स साना बालबालिका देखि लिएर ठूला अभिभावक सम्म रमाएका थिए ।
शनिबार अस्टे«लियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बामा रहेको नेपलिज एसोशिएसन अफ टुओम्बाले टुओम्बा शहर नजिकै रहेको ऐतिहासिक स्थान स्र्पी· बल्फ पार्कमा बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बालबालिका, महिला, युवा तथा अभिभावक लक्षित विशेष सामाजिक तथा खेलकुदका कार्यक्रम हुनुका साथै नाँचगान, ब्रेकफास्ट, लन्च र इस्न्याक को व्यवस्था गरिएको थियो ।
बनभोज कार्यक्रममा घैटो फुटाउने, रस्सा कस्सी लगायतका अन्य थुप्रै मनोरञ्जन पूर्ण खेलुकदका कार्यक्रम सञ्चालन गरि पुरस्कार समेत वितरण गरिएको थियो ।
सोही अवसरमा बनभोजमा उपस्थित एक जना बयो बृद्ध आमा मान कुमारी देवकोटालाई र नेपाली आमा बुवा भेटघाट गुप्र का संयोजक महेश्वर आचार्यलाई न्याटको तर्फबाट मायाको चिनो समेत वितरण गरिएको थियो । सोही अवसरमा धनपति भटराई लाई नेपाली आमा बुवा भेटधाटको सम्पर्क व्यक्ति अर्थात संयोजक घोषणा गरिएको छ ।
न्याटले आयोजना गरेको कार्यक्रमले नेपाली अभिभावकहरुलाई सम्मान मिलेको, आपसीभेटघाट, भाइचारा तथा सद्भाव बढेको र स साना बालबालिका देखि बृद्ध बृद्धा उमेर सम्मका मानिसहरुलाई एकै कार्यक्रम मित्र समेटेर मनोरञ्जन प्रदान गरेको कार्यक्रममा उपस्थित नेपाली आमा बुबा भेटघाट गुप्र टुओम्बाका अभिभावकहरुले बताएका छन ् ।
कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको अनुमान गरिएको छ। बनभोज कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्र तह र तप्का बाट साथ दिने, संघ सस्था, व्यक्ति विशेषलाई धन्यवाद ज्ञापन गरेको न्याटका अध्यक्ष दिवस चाँपागाईले बताउनुभयो ।

न्याटले अब आँउदो कार्यक्रमको रुपमा फागुपूर्णिमा विशेष होली कार्यक्रम गर्ने र सो विषयमा आधिकारिक सूचना छिटै जारी गर्ने न्याटका उपाध्यक्ष सुनिल चौधरीले खोजी विशेषलाई जानकारी दिनुभयो । कार्यक्रमको अत्यमा उपस्थितहरुले सामूहिक तस्विर खिचाएका थिए ।
