खोजी विशेष
टुओम्बा २१,अगस्ट
यस बर्ष टुओम्बामा हुन लागेको तीज साँझमा गायिका राधिका हमाल र गायक प्रताप दास आउने भएका छन् ।
नेपलिज एशोसियसन अफ टुओम्बाको आयोजनामा यही आँउदो सेप्टेम्बर ११ तारिख शुक्रबार टुओम्बामामा हुन लागेको तीज विशेष कार्यक्रममा उनीहरु आउन लाँगेका हुन् ।
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरको हयारिटाउन स्टेट स्कुलको सभाहलमा साँझ ५ बजे देखि हुन लागेको कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहनुका साथै अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।
टुओम्बा स्थितका व्यवसायिक संघसंस्थाहरुको सहयोगमा हुन लागेको कार्यक्रममा नेपाली समुदाय लक्षित विभिन्न संघसंस्थाहरुको सहकार्य रहने नेपलिज एशोसिएसन अफ टुओम्बाका अध्यक्ष अजँय बजँगाईले जानकारी दिनुभयो ।
नेपलिज एशोसिएसन अफ टुओम्बाले हरेक बर्ष तीज साँझ कार्यक्रम गर्दै आइराखेको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com

Leave a Reply