खोजी विशेष संवाददाता
टुओम्बा २०, अगस्ट
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा भजन किर्तन कार्यक्रम हुने भएको छ ।
स्थानीय ब्रदर हुड किक्रटे क्लबको मुख्य आयोजना तथा नेपलिज एशोशिएसन अफ टुओम्बाको सह आयोजनामा स्थानीय सक्रिय युवाहरुको पहलमा यही आँउदो सेम्टेम्बर ४ तारिख शुक्रबारका दिन डार्लि· हाईट स्थित स्टील रुढ हलमा आयोजना हुन लागेको हो ।
साँझ ५ बजे देखि हुने कार्यक्रममा टुओम्बा स्थीतका नेपाली बुवाआमा दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको ब्रदर हुड किक्रेट क्लबका सचिव समीर पौडेलले खोजी विशेषलाई जानकारी दिनुभयो।
सो कार्यक्रम सम्पन्न गर्न स्थानीय क्लब तथा संघसंस्थाहरु सँग हातेमालो तथा सहकार्य हुने क्बलका अध्यक्ष अजय बँजगाईले बताउनुभयो ।
सोही दिन टुओम्बा स्थित हरे राम हरे कष्ण समूहले पनि श्री कृष्ण जन्माष्टमी विशेष कार्यक्रम राखेको छ ।
