खोजी विशेष संवाददाता
टुओम्बा २, जनवरी
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा पनि राष्ट्रीय पोशाक तथा टोपी दिवस मनाइएको छ ।
बद्रर हुड एक्स आइ क्रिकेट क्लबको मुख्य आयोजनामा बिहीबार जनवरी १ तारिखका दिन टुओम्बाको नेपाली पौवा स्थित साँझ सम्पन्न कार्यक्रम सभ्य तथा भव्य बन्यो ।
कार्यक्रममा उपस्थित नेपाली अभिभावकहरुले विदेशको ठाँउमा समेत नेपाली कार्यक्रम गरेर आफनो राष्ट्रिय पोशाक तथा टोपीको संरक्षण गर्ने प्रयास गरेको पं्रशसा गरेका थिए ।
कार्यक्रममा उपस्थित नेपाली अभिभावक वुवा आमा बीच परिचयात्मक कार्यक्रम गर्नुका साथै नाँचगान समेत गरेका थिए ।
कार्यक्रममा बद्रर हुड एक्स आइ किक्रेट क्लबका अध्यक्ष अजँय बँजगाई ले कार्यक्रम सम्पन्न गराउन सहयोग पु¥याउने संघ संस्था तथा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो कार्यक्रमको सञ्चालन सचिव समीर पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा टुओम्बा स्थितका नेपाली व्यवसायिक तथा समुदाय लक्षित संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com