खोजी विशेष संवाददाता
टुओम्बा २९, डिसेम्बर
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा पनि राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस मनाइने भएको छ।
ब्रदर हुड क्रिकेट क्लबको मुख्य आयोजनामा यही आँउदो जनवरी १ तारिखका दिन टुओम्बाको नेपाली पौवा स्थित सो कार्यक्रम गर्न लागिएको हो ।
टुओम्बा इन्टरनेशनल मल्टिकल्चरल सोसाइटी, फूचर फर्टयुन फाइनान्स, खोजी विशेष मिडिया तथा दरबार क्याफेको सहकार्यमा हुन लागेको कार्यक्रम विहीबार दिँउसो ४ः३० बजे देखि सुरु गरिने आयोजकले जनाएको छ ।
पछिल्लो समय राष्ट्रिय पोशाक तथा ढाकाटोपी दिवस नेपालमा मात्र नभई देश तथा विदेशका विभिन्न शहरहरुमा मनाइन थालेका छन् ।
कार्यक्रमले आपसी सदभाव, भाईचारा एकता तथा साँस्कृतिक पहिचान बढाउनका साथै टुओम्बा स्थितका नेपाली बुवाआमा तथा दाँजु भाई दिदीबहिनीहरुमा चिना परिचय गराउनका साथै सामाजिक सदभाव कायम हुनेमा आफूहरु विश्वस्त भएको ब्रदर हुड क्रिकेट क्लबका अध्यक्ष अजय बँजगाईले जानकारी दिनुभयो।
साथै उहाँहरुले आफनो परम्परागत साँस्कृतिक पोशाक तथा टोपी लगाई कार्यक्रम उपस्थित भईदिनुहुन अनुरोध गर्नुर्भएको समेत बताँउनुभयो ।
करिब ३ बर्षअघि टुओम्बामा खोजी विशेष मिडियाले राष्ट्रिय पोशाक तथा ढाकाटोपी दिवस कार्यक्रम सम्पन्न गरेको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com