खोजी विशेष संवाददाता
टुओम्बा २३, डिसेम्बर
अष्ट्रेलिया स्थित नेपाली दुताबासले अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत प्यासिफीक देशहरुमा रहनुभएका नेपालीहरुलाई हुण्डी काराबोर नगर्न तथा नगराउनुहुन अनुरोध गरेको छ।
दुताबासले आफनो बेभसाइट मार्फत एक सूचना जारी गर्दै गैरकानुनी रुपमा हुण्डी कारोबार नर्गन सबैमा सूचना जारी गरेको छ ।
गैर कानुनीरुपमा पैसा आदान प्रदान गर्दा कानुनी झमेलामा पर्ने, आर्थिक नोक्सानी तथा अन्य जटिलता उत्पन्न हुन सक्ने भन्दै दूताबासले समुदायलाई सचेत रहन आग्रह गरेको हो।
सुरक्षित, पारदर्शी र कानुनसम्मत बैकिड्ढ कारोबार गरी आर्थिक काराबोर गर्न अपिल गरेको छ । साथै कही कसैले गैर कानुनी रुपमा कारोबार गरेको खण्डमा दुताबासको इमेल मार्फत दूताबासलाई जानकारी गराउन समेत अनुरोध गरेको छ । सूचना उपलब्ध गराउनेको नाम ठेगाना गोप्य रहने समेत जनाएको छ ।
