खोजी विशेष संवाददाता
टुओम्बा २१, डिसेम्बर
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा रहनुभएका नेपाली अभिभावकहरु बीच रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार टुओम्बा स्थित नेपाली पौवामा भएको रमाइलो बनभोज कार्यक्रममा उपस्थित नेपाली अभिभावक बुवा आमाहरुले पिकनिक साथै नाँचगान र भलाकुसारी गरेका थिए ।
आपसी चिना परिचयका साथ साथै भेटघाट तथा रमाइलोको लागि बनभोज कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा उपस्थित अभिभावकहरुले जानकारी दिएका छन् ।
अभिभावकहरुको पिकनिक कार्यक्रमलाई सफल बनाउन दरबार क्याफेका दीप क्षेत्री तथा ब्रदर हुड एक्स आइ क्रिकेट क्लबको समन्वय तथा सहकार्य रहेको ब्रदर हुड एक्स आइ क्रिकेट क्लबका सचिव समिर पौडेलले खोजी विशेष लाई जानकारी दिनुभयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com