पोखरा २२ मंसिर
लियो अन्तर्राष्ट्रिय लियो डे २०२५ को अवसर पारेर लियो क्लब अफ हेमजाले न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। क्लबले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि Dhusi Vailo Program मार्फत सङ्कलित सहयोग तथा नियमित सामाजिक सेवा अभियान अन्तर्गत यो वितरण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमकी अध्यक्ष लियो मनिषा के.सी. (अध्यक्ष, लियो क्लब अफ हेमजा) को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लियो अवाश दाहाल (पूर्व अध्यक्ष, लियो जिल्ला परिषद् ३२५ जे नेपाल तथा पूर्व अध्यक्ष, लियो क्लब अफ हेमजा) उपस्थित रहेका थिए।

कार्यक्रमको सञ्चालन लियो अस्मिता त्रिपाठी (कोषाध्यक्ष, लियो क्लब अफ हेमजा) ले गरेकी थिइन्। कार्यक्रममा विशेष उपस्थिती लियो मनोज त्रिपाठी (पूर्व अध्यक्ष, लियो क्लब अफ हेमजा तथा टेल ट्विस्टर, लियो जिल्ला परिषद् ३२५ जे नेपाल), लियो पवन भण्डारी (लियो वीक सेलिब्रेसन संयोजक तथा NLF प्रमुख, लियो जिल्ला परिषद् ३२५ जे नेपाल) तथा कार्यक्रम संयोजक लियो सन्तोष त्रिपाठी (पहिलो उपाध्यक्ष, लियो क्लब अफ हेमजा) को रहेको थियो।

यस कार्यक्रमअन्तर्गत श्री हिमाली आधारभूत विद्यालय, माछापुच्छ्रे–१, रूम्जा, कास्कीका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो।
कार्यक्रमका प्रायोजकहरू:
– स्टेशनरी सामग्री: सृजना जीसी
– न्यानो ट्राउजर: कमल जाउसि तथा सांस्कृतिक समूह
लियो क्लब अफ हेमजाले समुदायमा आवश्यकताअनुसार सहयोग पुर्याउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता सेवा गतिविधि निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

