पोखरा
सञ्जय आचार्य
पोखरा महानगरपालिका वडा नम्बर ३३ अन्तर्गत पुँडीखोला क्षेत्रमा प्रस्तावित ल्याण्डफिल साइट तथा फोहोर प्रशोधन केन्द्र निर्माणप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ।
रास्वपा पोखरा–३३ वडा समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय बासिन्दाको सहमतिविना अगाडि बढाइएको परियोजनाले जनस्वास्थ्य, वातावरण तथा पर्यावरणमा गम्भीर असर पार्ने जनाएको छ। विकासको नाममा जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने पार्टीको धारणा छ।
विज्ञप्तिमा स्थानीय जनताको सुझाव, सल्लाह र सहभागिता बेगर एकपक्षीय रूपमा निर्णय लादिएको आरोप लगाउँदै यस्तो निर्णय तुरुन्त रोक्न माग गरिएको छ। साथै, वडा नम्बर ३३ का बासिन्दासँग संवाद, छलफल र सहकार्यका आधारमा दीर्घकालीन समाधान खोज्न महानगरपालिकासँग आग्रह गरिएको छ।
रास्वपाले मिति २०८२ भदौ २७ गते स्थानीयले उठाएका जायज मागप्रति बेवास्ता गरी जबर्जस्ती निर्णय लागू गरिएमा वडा समिति र स्थानीय जनताको साथमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
समाचारको अन्त्यमा पार्टीले सम्बन्धित निकायलाई गम्भीर बन्न, दोषीमाथि कारबाही गर्न तथा समस्या समाधानका लागि तत्काल सहमतिमा पुग्न आह्वान गरेको छ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com