पाेखरा २१, चैत

दलित संजाल समिति हेमजाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं २५ को आर्थिक सहयोगमा हेमजामा एक महिने आधारभुत इलेक्ट्रिसियन तालिम सुरु भएको छ। २०८१ चैत २१ मा सुरु भएको तालिम २०८२ वैशाख २१ गते हुनेछ।

कार्यक्रमको उद्धघाटन गर्दै पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले यो जीवनोपयोगी तथा अति आवश्यक नहुने ज्ञान सिप भएकाले नियमित र सक्रिय रुपमा सहभागी हुन र सबै कामलाई सम्मान गर्नुपर्ने र वडाले प्रत्येक वर्ष लक्षित समुदायका लागि स्वरोजगार ,जिवनोपयोगी क्षेत्रमा बजेट छुट्टाएको बताउनु भयो। त्यसै गरी वडा सदस्य तारा विक ज्यूले हाम्रो समुदाय यस्ता तालिममा सक्रिय सहभागीता रहनु पर्ने बताउनुभयो। साथै पोखरा महानगरपालिका वडा नं-२५ का लेखा अधिकृत दयाराम विक ज्यूले यस्ता तालिम लिई स्वरोजगार र आत्मनिर्भर हुनुपर्ने बताउनुभयो।

उक्त तालिममा २५ जना सहभागी रहेक छन र प्रशिक्षक केशव सुवेदी रहनुभएको छ । संजालका अध्यक्ष टेक बहादुर विक को अध्यक्षतामा रहेको उक्त उद्धघाटन कार्यक्रममा स्वागत संजालका सदस्य शिव परियार र संचालन सचिव सुनिल गायकले गरेका थिए।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com