खाेजी िवशेष संवाददाता
पाेखरा २५, बैशाख
दलित संजाल समिति हेमजाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं २५ को आर्थिक सहयोगमा हेमजामा एक महिने आधारभुत इलेक्ट्रिसियन सम्पन्न भएको छ। कार्यक्रममा पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले यो जीवनोपयोगी तथा अति आवश्यक ज्ञान सिप सिकेकोमा बधाई दिदै यस सम्बन्धी अन्य कोष दिन पनि वडा कार्यालय तयार हुने र वडाले प्रत्येक वर्ष लक्षित समुदायका लागि स्वरोजगार ,जिवनोपयोगी क्षेत्रमा बजेट छुट्टाएको बताउनु भयो। त्यसै गरी वडा सदस्य तारा विक ज्यूले हाम्रो समुदाय यस्ता तालिममा सक्रिय सहभागीता रहनु पर्ने बताउनुभयो। साथै पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य धना तिम्सिना तथा वडा सदस्य कृष्ण बहादुर कुवँर र प्रशिक्षक केशव सुवेदी भनाई राख्नुभएको थियो।
उक्त तालिममा २१ जना सहभागी रहेका थिए। सहभागीको तर्फबाट भनाई राख्दै सुरेश गुरुङ तथा कविता विक ले यस्ता कार्यक्रमले हामीलाई स्वरोजगार बनाउन सहयोग पुर्याउने र कार्यक्रम आयोजक र वडा कार्यालयलाई धन्यवाद दिए।
तालिम प्रशिक्षक केशव सुवेदी रहनुभएको थियो । तालिम २०८१ चैत २५ गते सुरु भएको तालिम २०८२ वैशाख २५ समापन भएको हो । संजालका अध्यक्ष टेक बहादुर विक को अध्यक्षतामा रहेको उक्त समापन कार्यक्रममा स्वागत वडा सदस्य तारा विक सदस्य र संचालन सचिव सुनिल गायकले गरेका थिए।
