पोखरा २७, बैशाख

हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा २५६२ औं बुद्ध जयन्तीको
अवसरमा आयोजित विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं-२५ का वडा सदस्य तारा विकले कार्यक्रम उद्घघाटन गर्दै विद्यालयहरुले प्रतिष्ठानले गरेका यस्ता कार्यक्रममा सक्रिय सहभागी भई आफ्नो प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने र प्रतिष्ठानले गरेका कार्यक्रम उत्कृष्ट रहेका बताउनु भयो।

त्यसै गरि धवलागिरी बोर्डिङ् स्कुलका संस्थापक प्रिन्सिपल शिव रेग्मी ज्यूले यस्ता सिजनात्मक कार्यक्रमले विद्यार्थी को क्षमता बढाउने र अहिले वर्तमान परिवेशमा बुद्धको सत्मार्ग मा विश्व लाग्नु पर्ने बताउनुभयो। त्यसै गरि चित्रकला प्रतियोगिताका निर्णायक ईन्जिनियर अमृत कुवँर ले पनि आफ्नो राख्नुभएको थियो।

प्रतियोगितामा हेमजामा रहेका सात वटा विद्यालयका दुई दुई जना विद्यार्थी सहभागीता रहेको थियो। प्रतियोगिताको नतिजा तथा पुरस्कार वितरण यहि मिति २०८२ जेठ १० गते शनिवार एक कार्यक्रमका बिच प्रदान गरिने छ। प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, कोषाध्यक्ष आक्रान्त गौतमले स्वागत तथा संचालन प्रतिष्ठानका सचिव छन्दिका त्रिपाठीले गरेकी थिईन।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com