वैशाख २७, हेमजा

लियो जिल्ला परिषद् ३२५ जे नेपाल अन्तर्गत सञ्चालनमा रहेको लियो क्लब अफ हेमजाले शनिबार एक विशेष कार्यक्रमबीच १० औं वार्षिक साधारण सभा (AGM) भव्य रूपमा सम्पन्न गरेको छ। उक्त साधारण सभाले लायन वर्ष २०२५/०२६ का लागि लियो मनीषा केसीलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

नव-निर्वाचित कार्यसमितिमा लियो सन्तोष त्रिपाठी प्रथम उपाध्यक्ष, लियो रुविना कुँवर द्वितीय उपाध्यक्ष, र लियो उज्जवल त्रिपाठी तृतीय उपाध्यक्ष पदमा चयन भएका छन्। यस्तै, सचिवमा लियो दिव्या त्रिपाठी, कोषाध्यक्षमा लियो अस्मिता त्रिपाठी, सहसचिवमा लियो कविता त्रिपाठी र सह-कोषाध्यक्षमा लियो अनुप अधिकारी चयन भएका छन्।

थप जिम्मेवारी सम्हाल्ने पदाधिकारीहरूमा पब्लिक रिलेशन अफिसर (PRO) मा ममता दाहाल, महिला सशक्तीकरण संयोजकमा सम्पदा त्रिपाठी, टेमर अनुपका पाठक, स्वास्थ्य संयोजकमा कुशल अधिकारी, खेल संयोजकमा उत्कृष्ट दाहाल, प्रचारप्रसार संयोजकमा गोविन्द तिम्सिना, टेल ट्विस्टर स्नेह शर्मा तथा निर्देशक सुशील त्रिपाठी, अनिश दाहाल चयन भएका छन्। नयाँ अध्यक्ष लियो मनीषा कोसी AGM बाट सर्वसम्मत निर्वाचित भएकी हुन्, जसको कार्यकाल २०२५ जुलाई १ देखि सुरु हुनेछ। उनले क्लबको भावी योजना तथा मार्गदर्शनमा उत्साहपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले पहिलो बैठकमार्फत बाँकी पदहरू यथासमयमा पूर्ति गरिने जानकारी दिइन्।

लियो क्लब अफ हेमजा २०१५ A.D मा स्थापना भई पोखरा तथा छिमेकी क्षेत्रहरूमा सामाजिक सेवा, युवा सशक्तीकरण, र नेतृत्व विकासका विविध अभियानहरू सञ्चालन गर्दै आएको छ।

नव-निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्दै लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठ, द्वितीय उपाध्यक्ष कृष्णमान श्रेष्ठ, लियो क्लब अफ हेमजाका संस्थापक अध्यक्ष सूर्यराज त्रिपाठी, लियो जिल्ला परिषद् ३२५ जे नेपालका निवर्तमान अध्यक्ष तथा पूर्व अध्यक्ष विष्णुप्रसाद दाहाल, साथै लियो क्लब अफ हेमजाका पूर्व अध्यक्षहरू विकास त्रिपाठी, सबिना तिम्सिना, विजय त्रिपाठी, निराजन अधिकारी, र मनोज त्रिपाठीले आगामी कार्यकालमा क्लबले सामाजिक मात्र नभई सिर्जनात्मक तथा रचनात्मक क्षेत्रहरूमा पनि अग्रसर हुनुपर्नेमा जोड दिएका थिए।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com