पाेखरा ११,जेठ
हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा २५६९ औं बुद्ध जयन्तीकोअवसरमा आयोजित विद्यालय स्तरिय चित्रकला प्रतियोगिताको पुरस्कार वितरण तथा २५९ औं शुभप्रभात काव्यमाला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उद्धघाटन गर्दै पोखरा महानगपालिका वडा नं-२५ का वडा सदस्य तरा विश्वकर्मा ज्यूले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न प्रतिष्ठान निरन्तर लागेको मा धन्यवाद दिदै कार्यक्रममा उपस्थित हुन पाउदाँ खुशी लागेको बताउनु भयो, कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद पौडेल,चित्रकला प्रतियोगिताका निर्णायक ईन्जिनियर अमृत कुवँर लगायतले बोल्नु भएको थियो।
चित्रकला प्रतियोगितामा ज्ञानसागर एकेडेमीका गरिमा त्रिपाठी प्रथम,स्नो भ्यू बोर्डिङ् स्कुलका नमरस श्रेष्ठ द्वितिय, अम्बिका मा.वि.का रोहन सुनार तृतिय र धवलागिरी बोर्डिङ् स्कुलका विपेश रसाईली सान्त्वना भए।
कार्यक्रममा हेमजा गन्धर्व सारङ्गी पाठशालाका प्रशिक्षार्थी, धौलागिरी बोर्डिङ् स्कुल बाल भजन समुहको प्रस्तुती रहेको थियो। आर्या त्रिपाठी, कृष्ण प्रसाद पौडेल लगायतले रचना वाचन गर्नुभएको थियो। प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष छन्दमणी त्रिपाठीले स्वागत तथा प्रतिष्ठानका कोषाध्यक्ष आक्रान्त गौतमले कार्यक्रम संचालन गरेका थिए।
