पोखरा, १४ जेठ

यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि रु. २५ हजार नगद र सम्मानपत्र रहेको छ । उनलाई यही जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा सम्मान गरिनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने एक जना पत्रकारलाई ३ जुन अर्थात अन्नपूर्ण हिमाल आरोहण दिवस दिन प्रदान गरिन्छ । प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ रहेका थिए । सदस्यहरुमा पत्रकार समेत रहेका आयोजक समितिका कानूनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक पत्रकार टंकराज अधिकारी सगै पदेन सदस्यहरुमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहेका थिए । यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार, दोस्रोपटक रुपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रुपमा र तेस्रोपटक रविचन्द्र पराजुली सम्मानित भइसकेको छन् । पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीका जेठा छोरा हुन् । २०६१ सालदेखि पोखरामा रहेर पत्रकारिता गदै आएका पराजुलीले सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकमा विद्यार्थी पत्रकारको रुपमा पत्रकारीताको यात्रा सुरु गरेका थिए । त्यसपछि जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ देखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आवद्ध रहदै पत्रकारीता क्षेत्रमा कृयाशिल छन् । विशेषगरी खोज पत्रकारिता तथा विकृति विसंगतिविरुद्ध कलम चलाउने पत्रकारको रुपमा परिचित पराजुली साहसी र निडर मानिन्छन् । पराजुलीले यस अघि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड २०८० बाट पुरस्कृत एंव सम्मानीत भै सकेका छन् । विभिन्न संघ संस्थाहरुबाट विभिन्न तालिम समेत लिएका पराजुली नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव समेत हुन् ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com