पाेखरा २९, असार

पोखरा महानगरपालिका वडा नम्बर ३३ को वडा कार्यालयको शिलन्यास भएको छ। कुल ४ करोड५९ लाख ९७ हजार ६ ०० रुपैयाँ लागतमा साढे तीन तले भवन निर्माणका लागि वडा अध्यक्ष रामचन्द्र अधिकारीले एक कार्यक्रमका बीच शिलन्यास गरेका छन्। गत वर्ष नै पोखरा महानगरपालिकाबाट छुट्टिएको बजेटबाट दुई वर्षमा सम्पन्न हुने गरी निर्माण कार्य सुरु गरिएको वडा अध्यक्ष अधिकारी बताउँछन्।

हाल भइरहेको वडा कार्यालय भवन अत्यन्त सानो र सेवाग्राहीमुखी बनाउन नसकिएको हुँदा अब बन्ने वडा कार्यालय भवनबाट डिजिटल सेवा सेवाग्राहीहरुलाई दिन सकिने बताइएको छ ।

वडा नम्बर ३३ को कालिकास्थान चोकमै रहेको करिब साढे ३ रोपनी जग्गामा भवन बनाउन लागिएको हो।

क्षेत्रफलको हिसाबले पोखरा महानगरकै दोस्रो ठूलो वडा भएकोले र भौगोलिक हिसाबले पनि धेरै डाँडाकाँडा भएको हुनाले पहिला बाटो र हरियाली निर्माणमा वडाले जोड दिएको छ।

वडाध्यक्ष अधिकारीका अनुसार आगामी दुई वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि एक वर्ष भित्र नै सम्पन्न गरी वडा कार्यालय सञ्चालनमा ल्याउने ठेकेदार कम्पनीले जानकारी दिएका हुन् ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com