टुओम्बा १४, जुलाई
नेपलिज एशोसियसन अफ क्वीन्सल्याण्डको अध्यक्षमा टीकाराम शर्मा चयन हुनुभएको छ ।
एसोसिएसनको शनिवार सम्पन्न बार्षिक साधारण सभा तथा अधिवेशनले आगामी बर्ष २०२५—२०२७ को लागि शर्मालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले एसोसिएसनको उपाध्यक्षमा देवकला श्रीस, सचिवमा निरन्जन थापा, कोषाध्यक्षमा राजिव तिम्सिना र सदस्यहरुमा अंकित श्रेष्ठ, कुमार ढकाल, मोहना गिरी, सुनिल बस्नेत र टक थापा चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष शर्माले खोजी विशेष सँग कुराकानी गर्ने भावी दिनहरुमा संस्थाका बार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिने अष्टे«लियाको विस्रवेनमा हुने हरेक नेपाली समुदायका कार्यक्रमहरुमा सक्रिय समन्वय गर्ने र नयाँ कार्यक्रमहरु ल्याएर संस्थालाई थप क्रियाशिल बनाइने बताउनुभयो ।
नेपलिज एशोसिएसन अफ क्वीन्सल्याण्डको छाता संगठन अन्र्तगन नेपाली पाठशालाका कक्षाहरु अष्टे«लियाको विस्रवेनको नर्थसाइड र साउथ साइड गरी दुई ठाँउमा निरन्तर सञ्चालन भइरहेका छन् ।
एनयक्यूले हरेक बर्ष दशै तिहार शुभकामना कप, बुद्ध जयन्ती लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
बार्षिक साधारण सभामा एन ए क्यूका आजीवन, साधारण सदस्य, पुर्व अध्यक्ष लगायतका पदाधिकारी र विस्रवेन स्थितका विभिन्न संघ संस्थामा आवद्ध व्यक्ति विशेषहरुको सहभागिता रहेको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com