खोजी विशेष संवाददाता
टुओम्बा, २६ जुलार्इं
नोरिस नेशन फाउन्डेशनको मुख्य आयोजना तथा टुओम्बामा अवस्थित नेपाली समुदाय लक्षित संघसंस्थाहरुको सहकार्यमा खाना, पोषण तथा मानसिक स्वास्थ सम्बन्धि कार्यशाला सम्पन्न भएको छ ।
न्याटका पुर्व अध्यक्ष तथा समाजसेवी एक राज अधिकारीको विशेष पहलमा स्थानीय संघ संस्थाहरुको सहकार्य अनि क्वीन्सल्याड सरकारको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बामा आयोजित उक्त कार्यशालामा करिब २ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो।
कार्यशालालाई सिश्रो मेलर्वनका बैज्ञानिक तथा डा.राजु अधिकारी, डा. यकेन्द्र तिमिल्सिना, डा. बाबुराम भट्टराई, राजन अधिकारी लगायतले सहजीकरण गर्नुभएको थियो ।
सहजकर्ताहरुले अष्ट्रेलियामा विद्यमान खाना, पोषण तथा मानसिक स्वास्थको अवस्था लगायत, जलबायु परिवर्तनले हाम्रो खाद्य उत्पादन तथा कृषि क्षेत्रलाई कसरी प्रभाव पार्दछ लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।कार्यक्रमलाई टुओम्बामा सबल र सम्पन्न गर्न नेपाल ट्रिपका लोचन प्याकुरेल, सनातन धर्म अष्टे«लियाका अध्यक्ष राजन अधिकारी लगायतले ठूलो भूमिका खेल्नु भएको थियो।
सोही कार्यक्रममा नेपाल बाट आउनुभएका अभिभावक सीताराम भण्डारीले कविता वाचन गर्नुभएको थियो । स्थानिय समिर पौडेल र सम्झना अधिकारीले योग प्रशिक्षण समेत गर्नुभएको थियो ।नोरिस नेशन फाउन्डेशन की आज्ञा लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपलिज एसोशिएसन अफ टुओम्बाका सदस्य अनुज भण्डारीले आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि समुदाय लक्षित कार्यक्रमहरुमा टुओम्बामा अवस्थित नेपाली संघसंस्थाहरु सहकार्य गर्न तप्पर रहेको बताउनुभयो ।

