पोखरा, १४ भदौ

तमु धिं नेपालले पोखरामा शनिवार हालै प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ। प्लस टु उतिर्ण ७४ जना तमु बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डा.चन्द्रबहादुर गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए भने वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले करिअर कान्सिलिङ गरेका थिए । कार्यक्रममा मिस एस इ इ पोखरा २०२५ बिजेता प्रीन्सु गुरुङलाई विशेष सम्मान गरिएको थियो। प्रमुख अतिथी डा. चन्द्रबहादुर गुरुङले बिद्यार्थीहरुलाई बधाई दिदै लाहुरेको एतिहासिक योगदान र तमु जातिको बारेमा बुझ्नुपर्ने बताए ।

उनले तमु बिद्यार्थीहरु शिक्षालगायत हरेक क्षेत्रमा उत्कृष्ट बन्ने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए । एभरेष्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले प्रस्तुति राख्दै प्लस टु उतिर्ण विद्यार्थीले पहिला आफुलाई राम्ररी चिन्ने अनि लक्ष्य निर्धारण गरि लक्ष्य प्राप्तिका लागि निरन्तर परिश्रम गर्नुपर्ने बताए। यो उमेर करिअर बनाउने टर्निङ पोइन्ट भएकाले जिन्दगी कस्तो बनाउने हो संवेदनशील बन्नुपर्दछ भन्दै धेरै उदाहरणहरु प्रस्तुत गरेका थिए। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता भएको कार्यक्रममा तमु धिं नेपाल केन्द्रिय आमा समिती अध्यक्ष पवित्र गुरुङ, केन्द्रिय युवा समिती अध्यक्ष रमेश गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला समिती अध्यक्ष प्रेम बहादुर गुरुङ, तमु विद्यार्थी समितिकी रिसिता गुरुङले शुभकामना एवम बधाई मन्तव्य ब्यक्त गरेका थिए भने प्रथम उपाध्यक्ष गीमाया गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा चारभन्ज्याङ तमु समाज पोखराका युवा समिती र तमु धिं नेपाल केन्द्रिय युवा समितिका कलाकारहरुले नृत्य प्रस्तुती गरेका थिए।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com