पोखरा, १७ भदौ /

भुटान एयरलाइन्सले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्ने भएको छ । एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो । हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्वपूर्ण योगदान गर्ने आचार्यले बताए । युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) ले २०२५ सेप्टेम्बर २८ अर्थात असोज १२ गतेबाट सुरु हुनेछ ।

त्यसपछि १६ गते, २० गते र २४ गतेको उडान पोखरा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । युटिटिका अनुसार यो चार्टर उडानले नेपाल र भुटानबीचको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसले पर्यटकहरुलाई दुवै देशका प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताको अनुभव गर्ने अवसर प्रदान गर्ने बताएको छ । युटिटिले यस विशेष चार्टर उडानको माध्यमबाट पोखरा र पारोबीच सीधा हवाई सम्पर्क स्थापना गरी दुवै क्षेत्रको पर्यटनलाई थप टेवा पु¥याउने पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

सका युटिटिले भ्रमणका प्याकेज समेत जारी गरेको छ । १ लाख ८५ हजारको प्याकेजमा ४ रात ५ दिनको रहेको छ । यसअघि गत असार ७ असारमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो ।

पोखराबाटै ल्हासामा हिमालयन एयरलाइन्सले उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com