खोजी विशेष संवाददाता
अक्टोबर १७ टुओम्बा
अष्ट्रेलियामा यसवर्ष लक्ष्मीपुजाको उत्तम आँउदो मंगलबार साँझ हुनेभएको छ भने नेपालमा सोमबार साँझ नै लक्ष्मी पुजाको उत्तम साइत रहेको छ ।
नेपाल र अष्ट्रेलियामा लक्ष्मीपूजा फरक दिन र फरक समयमा पर्नुको मुख्य कारण चन्द्रमास पात्रो (Lunar Calendar) र भूगोल (Geography) को भिन्नता हो।
सटिकमा कारणहरू:
१. चन्द्रमासको तिथि (Lunar Day – Tithi):
- लक्ष्मीपूजा अमावस्या (औँसी) को साँझमा गरिन्छ।
- हिन्दू पात्रो (पञ्चाङ्ग) अनुसार चन्द्रमासको तिथि सूर्योदयसँगै सुरु नभई दिनको कुनै पनि समयमा सुरु वा समाप्त हुन सक्छ।
२. समय क्षेत्र (Time Zone) र सूर्योदय:
- नेपाल र अष्ट्रेलियाको समय क्षेत्रमा धेरै फरक छ।
- एउटै चन्द्रमासको तिथि जुन समयमा सुरु वा समाप्त हुन्छ, त्यसले दुई स्थानको सूर्योदय र साँझ (प्रदोष काल) लाई फरक पार्छ।
उदाहरण: यदि अमावस्याको तिथि नेपालको साँझ सुरु भएर भोलिपल्ट दिउँसो सकिन्छ भने, नेपालमा सोही साँझ पूजा हुन्छ। तर अष्ट्रेलियामा उक्त तिथि सुरु हुनुभन्दा अघिल्लो साँझ नै त्यहाँको ‘प्रदोष काल’ (पूजा गर्ने उत्तम समय) पर्न सक्छ वा सोही तिथि अष्ट्रेलियाको अर्को दिनको साँझमा मात्र परेर दुई स्थानमा फरक दिन पर्न जान्छ।
यसकारण, तिथि सुरु हुने र समाप्त हुने समय र स्थानीय सूर्यास्तको समय (Local Sunset Time) को तालमेल नमिलेर पूजाको दिन र समय फरक पर्छ।
नेपाली हिन्दु समाज अष्ट्रेलियाले नेपाल पञ्चा· निर्णायक समितिको सहयोगमा अष्ट्रेलियाका विभिन्नि सहरहरुको लक्ष्मीपूजाको साइत सार्वजानिक गरेको छ ।
आँउदो मंगलबार २१ अक्टोबर सिड्नी तथा आसपासका क्षेत्रहरुको लागि साँझ ७ बजेर ३१ मिनेट, मेलवर्न तथा आसपासका क्षेत्रहरुमा साँझ ७ बजेर ५१ मिनेट, बिस्रवेन तथा आँसपासका क्षेत्रहरुमा साँझ ७ बजेर १ मिनेट, एडिलेड तथा आसपासका क्षेत्रहरु साँझ ८ बजेर ५५ मिनेट, क्यानबेरा साँझ ७ बजेर ३५ मिनेट, तास्मानिया साँझ ८ बजेर ५७ मिनेट, पर्थ तथा आसपासका क्षेत्र ६ बजेर ५५ मिनेट र डार्विन तथा आँसपासका क्षेत्रहरु ६ बजेर ५१ मिनेट उत्तम साइत रहेको जनाएको छ ।
महालक्ष्मी पूजाको लागि माथिको समयबाट ३ घण्टा भित्र गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।
