खोजी विशेष संवाददाता
टुओम्बा ७, डिसेम्बर
टुओम्बा खुकुरी कपको उपाधि विस्रवेन नेपलिज फुटबल क्लबले चुमेको छ । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा आइतबार आयोजित सेभेन ए साइड फुटबल प्रतियोगितामा फाइनलमा प्रतिस्पर्धी टुओम्बा नेपलिज क्लबलाई २—१ को अन्तरले पछि पार्दै बिस्रवेन नेपलिज फुटबल क्लबले उपाधि जितेको हो।
उपाधि जितेसँगै नगद ७ हजार अष्ट्रेलियन डलर, ट्रफी र मेडल प्राप्त गरेको छ भने प्रतियोगिताको उपविजेता बनेको टुओम्बा नेपलिज फुटबल क्लबले नगद २ हजार अष्ट्रेलियन डलर, ट्रफी र मेडलमा चित्त बुझाउन परेको छ ।
प्रतियोगितामा दोस्रो रनर अफ बनेको गोर्खा फुटबल क्लबले नगद १ हजार अष्ट्रेलियन डलर, ट्रफी मेडल प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्तामा टुओम्बा नेपलिज फुटबल क्लबका निरज चौधरी, गोल रक्षकमा बिस्रवेन फुटबल क्लबको श्यामुल श्रेष्ठ र म्यान अफ दी म्याचको उपाधि टुओम्बा फुटबल क्लबका किरण लामाले २ २ सय डलर सहित ट्रफी हात पारेका छन् ।
प्रतियोगितामा आयोजकको २ टीम सहित, विस्रवेन, सनसाइनकोष्ट, गोल्डकोष्ट लगायतका विभिन्न फुटबल क्लबहरुको सहभागिता रहेको थियो।
विहान ८ बजे देखि सुरु भएको खुकुरीकप बेलुका ८ बजे समापन भएको थियो ।
प्रतियोगितालाई स्थानीय सरकार, टुओम्बा काउन्सिल, टुओम्बा स्थितका विभिन्न नेपाली संघ संस्थाहरुको सहकार्य रहेको टुओम्बा नेपिलिज फुटबल क्लबका अध्यक्ष अमृत थापाले खोजी विशेषलाई जानकारी दिनुभयो । साथै उहाँले खेल आयोजना तथा सम्पन्न गर्न विभिन्न तह र तप्का बाट भूमिका खेल्ने, प्रायोजक, संघ संस्था, स्वयसेवी तथा सम्पूर्णमा आयोजक आभारी रहेको समेत ब्यक्त गर्नुभयो ।
प्रतियोगिता सम्पन्न गर्न एडब्लुटीआई कलेज ले मुख्य प्रायोजकको भूमिका खेलेको थियो ।
टुओम्बाको चर्काे घाँममा पनि खेलाडीहरु निकै मेहतन तथा प्रतिपर्धाका साथ खेलेका थिए।
टुओम्बा नेपलिज फुटबल क्लबले विगत केही बर्ष यता खुकुरी कप आयोजना गर्दै आइरहेको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com