खोजी विशेष संवाददाता
टुओम्बा २, डिसेम्बर
अष्टे«लियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा आगामी आइतबार डिसेम्बर ७ तारिखका दिन हुन गइरहेको चौथौ खुकुरी कप प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने भएको छ ।
टुओम्बा नेपलिज फुटबल क्लबको आयोजनामा हुन गइरहेको खुकुरी कप प्रतियोगितामा यस वर्ष विजेताले नगद ७ हजार अष्टे«लियन डलर, ट्रफी तथा मेडल प्राप्त गर्नेछन भने उपविजेताले नगद २ हजार अष्ट्रेलियन डलर, ट्रफी तथा मेडलमा चित्त बुझाउनु पर्ने छ । सोही कारण पनि फाइनल खेल रोचक र कडा प्रतिस्पर्धा हुने आम जन मानसको बुझाइ छ ।
प्रतियोगिता तेश्रो स्थान हासिल गर्ने टीम ले नगद १ हजार अष्टे«लियन डलर , ट्रफी तथा मेडल प्राप्त गर्ने छ ।
त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, गोल रक्षक तथा उत्कृष्ट खेलाडीलाई नगद २ सय अष्ट्रेलियन डलरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
आयोजकको २ टीम सहीत अन्य कुल २३ टीम सहभागि हुनेछन् । चौथो खुकुरी कपको लागि टुओम्बा सहित, विस्रवेन, सनसाइनकोष्ट, गोल्डकोष्ट लगायतका विभिन्न फुटबल क्लबहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

आयोजकले यसअघि सोमबार आफनो अफिसियल फेसुवक मार्फत ट्राईसिट सार्वजानिक गरेको थियो ।
विहान ८ बजे देखि सुरु हुने खुकुरीकप लाई स्थानीय सरकार, टुओम्बा काउन्सिल, टुओम्बा स्थितका विभिन्न नेपाली संघ संस्थाहरुको सहकार्य रहेको टुओम्बा नेपिलिज फुटबल क्लबका अध्यक्ष अमृत थापाले खोजी विशेषलाई जानकारी दिनुभयो । साथै उहाँले खेल आयोजना तथा सम्पन्न गर्न विभिन्न तह र तप्का बाट भूमिका खेल्ने, प्रायोजक, संघ संस्था, स्वयसेवी तथा सम्पूर्णमा आयोजक आभारी रहेको समेत ब्यक्त गर्नुभयो ।
