खोजी विशेष संवाददाता
नोभेम्बर २६, टुओम्बा
अष्ट्रेलियाको बिस्रवेन शहरमा यही आँउदो डिसेम्बर १३ तारिख शनिबारका दिन मल्टिकल्चर भलिवल प्रतियोगिता हुने भएको छ। बिस्रवेन शहर नजिकै मोरेफिल्ड स्थित मोरेफिल्ड स्पोर्ट एण्ड इभेन्ट सेन्टरमा हुने भएको हो ।
युनाइटेड गोर्खाज भलिबल क्लबको आयोजनामा हुने उक्त भलिबल प्रतियोगितामा नेपाली भलिबल टिम सँगै अन्य सुमदायका भलिबल टीमको पनि सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।
प्रतियोगितामा विजयीले नगद ४ हजार अष्टेलियन डलर ट्रफी तथा मेडल र उपविजेताले नगद २ हजार ५ सय डलर ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागि हुनको लागि इच्छुक भलिबल टीमहरुले जति सक्दो चाँडो आफनो टिम दर्ता गराउन आयोजकले अनुरोध गरेको छ र नगद ४ सय ५० डलर तिरेर टिम दर्ता गर्न सकिने जनाएको छ।
क्वीन्सल्याण्डमै पहिलो पटक धेरै समुदाय बीच गर्न लागिएको भलिवल प्रतियोगिताले विभिन्न समुदाय माँझ आपसी भाइचाराको सम्बन्ध कायम हुने आयोजकले दाबी गरेको छ।
प्रतियोगिताको मुख्य स्पोन्सर सफायर स्टेट एजेन्ट रहेको छ भने अन्य व्यवसायिक संघसंस्थाहरु सहयोगि भूमिकामा रहेका छन् ।
युनाइटेड गोर्खाज भलिबल क्लबले बर्षै पिच्छे भलिवल प्रतियोगिता गर्दै आइरहेको छ।
