खोजी विशेष संवाददाता
नोभेम्बर २५, टुओम्बा
अष्टेलियाको क्वीन्सल्याण्ड राज्यमा आगामी डिसेम्बर ७ तारिखका दिन टुओम्बा खुकुरी कप हुन गइरहेको छ ।
नेपलिज फुटबल क्लबको आयोजनामा हुने उक्त फुटबल प्रतियोगिता गार्डेनसिटी टुओम्बाको वेष्ट वानडर्स फुटबल क्लबको खेल मैदानमा हुने भएको छ ।विहान ८ बजे देखि सुरु हुने प्रतियोगितामा २० भन्दा बढी टीमहरु प्रतिपर्धामा भिड्ने भएका छन् ।
प्रतियोगितामा विजेताले नगद ७ हजार अष्टे«लियन डलर सँगै ट्रफी तथा मेडल हात पार्नेछन् भने उपविजेताले नगद २ हजार डलर , ट्रफी तथा मेडल हात पर्ने छन् ।
त्यस्तै प्रतियोगिताको तेश्रो विजेता ले नगद १ हजार ट्रफी तथा मेडल हात पार्ने आयोजकले जनाएको छ ।
त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वाेउत्कृष्ट खेलाडी, सर्वाधिक गोलरक्षक लगायतका विभिन्न शिर्षकमा नगद २ सय डलर र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा स्थानीय टीम सँगै, विस्रवेन ,गोल्डकोष्ट, सनसाइनकोष्ट लगायतका विभिन्न स्थानहरुबाट विभिन्न टीमहरु प्रतिष्पर्धामा आउने भएका छन् ।
हालसम्म २० भन्दा बढी टिमहरु दर्ता भइसकेको मिडिया संयोजक धिरज दाहालले खोजी विशेषलाई जानकारी दिनुभयो।
प्रतियोगितालाई सफल पार्न टुओम्बाका स्थानीय सामाजिक संघसस्थाहरुको सहयोग रहेको छ ।
एडब्लुटीआई क्लेजको मुख्य प्रायोजनमा हुन लागिरहेको टुओम्बा खुकुरी कप विगत केही बर्ष यता निरन्तर रुपमा सञ्चालन हुदैँ आइरहेको छ ।
टुओम्बा नेपलिज फुटबल क्लबले अष्टे«लियामा बेला बखतमा हुने विभिन्न प्रतियोगिताहरुमा आफनो उपस्थित जनाउँदै पुरस्कृत समेत भएको छ ।
टुओम्बा खुकरी कप २०२५ को आयोजक टुओम्बा नेपलिज फुटबल क्लबले क्वीन्सल्याण्डको नेपाली समुदाय माँझ हुने विभिन्न खेलकुदका प्रतियोगिताहरु मध्ये सर्वाधिक पुरस्कार राशीको प्र्रतियोगिता आयोजना गरेको दाबी गरेको छ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com