टुओम्बा ४, नोभेम्बर
खोजी विशेष संवाददाता
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा सोमबार उपस्थित भेलाले बद्रर हुड एक्सआइ क्रिकेट क्बल गठन गरेको छ ।
भेलाले अजय बँजगाईको अध्यक्षतामा समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा सन्देश कँडेल, सचिवमा समिर पौडेल, कोषाध्यक्षमा निरुन चौलागाई, कार्यकारी सदस्यमा सुदिप बाँनिया, मेन्टर अस्मित खड्का, क्याप्टेनमा नरेन्द्र अवस्थी र भाईस क्याप्टेनमा ज्ञानेन्द्र विस्ट सहित आकाश विमली, आकाश जैशवाल, अनुप ज· क्षेत्री, आशिष भण्डारी, अस्मित खड्का, दिप क्षेत्री, मनोज लामिछाने, पवन जैशवाल, प्रदीप राज भट्ट, रशहर्ल धोन्जु, समिर थापा, सुवास भण्डारी र तुसर चौहान चयन भएका छन् ।

कार्यक्रममा उपस्थित टुओम्बाका समाजसेवीहरु एकराज अधिकारी, पुकार घिमिरे, राजन खतिवडा, सम्झना अधिकारी, विमल श्रेष्ठ, सर्वण विष्ट, आयुषमान बम, विक्रम सापकोटा लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष अजय बँजगाईले स्थापनाकालिन बर्षहरुमा संस्थालाई मजवुँद बनाउदैँ अगाडी बढाउन च्यालेन्ज हुने कारण सम्पूर्ण खेलप्रेमी साथीहरुलाई संस्थासँग जोडिन आग्रह गर्दै समाजका अगुवाहरुको सल्लाह तथा सुझावले क्लबलाई अगाडी बढाउने बताउनुभयो साथै उहाँले क्लबलाई आर्थिक तथा अन्य सहयोग गर्ने सम्पूर्णलाई समेत धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोही अवसरमा क्लबको जर्सी समेत वितरण गरिएको थियो ।

दरबार क्याफे टुओम्बा फयूचर फोरटियुन फाइनान्स र टुओम्बा इन्टरनेशनल मल्टिकल्चरल सोसाइटीको साथ र सहयोग रहेको थियो ।
