खोजी विशेष संवाददाता
अक्टोबर १९, टुओम्बा
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बामा अक्टोबर १९ तारिख आइतबार आयोजित १ दिने दशै तिहार स्पोेर्ट मेला भव्य रुपमा सम्पन्न भएको छ ।
टुओम्बामा बस्ने नेपाली दाजुभाई दिदी बहिनी लक्षित सो मेला टुओम्बा स्थित टुओम्बा नेपलिज फुटबल क्बलको मुख्य आयोजना तथा एभरेष्ट क्रिकेट क्लब, नेपलिज एसोसिएसन अफ टुओम्बा र नेपलिज किड्स इभेन्ट टुओम्बाको सहकार्यमा सम्पन्न भएको हो ।
मेला अन्र्तगत महिला तथा पुरुष तर्फका विभिन्न मैत्रीपूर्ण खेलहरु हुनुका साथै दशै तिहार विशेष शुभकामना आदान प्रदान समेत भएको थियो ।
कार्यक्रममा पुरुष तर्फ क्रिकेट, फुटबल, मेन्स हिट दि स्टम्प ,रस्सा कसी लगायतका खेल भएका थिए भने महिला तर्फ सुट दि गोल, चम्चा गुच्चा दौड, तातो आलु लगायतका खेलहरु खेलाइएको थियो ।
किड्स तर्फ सुट दी गोल, चम्चा गुच्चा दौड तातो आलु लगायतका खेलहरु सम्पन्न भएका थिए ।
मैत्रीपूर्ण प्रतियोगितामा सगरमाथा टिमले क्रिकेट र रारा टिमले फुटबलमा जित हासिल गरेका थिए।त्यस्तै मेन्स हिट दी स्टम्प मा पुकार घिमिरेले विजीय हासिल गर्नुभएको थियो । प्रतियोगिता क्रिकेटका कुल ३ टिम र फुटबलमा कुल ४ टिम सहभागि भएका थिए।
प्रतियोगिताका विजयी टिमका खेलाडीहरुलाइ बधाई शुभकामना साथै मेडल प्रदान गरिएको थियो ।
नेपलिज फुटबल क्लब टुओम्बाले बेला बखतमा नेपाली चाडपर्व लक्षित विभिन्न खालका कार्यक्रमहरु गर्नुको साथै विगत केह ीबर्ष यता टुओम्बा खुकुरी कप सञ्चालन गर्र्दै आइरहेको छ । जुन नेपाली समुदायका लागि अहिले सम्मकै सर्वाधिक पुरस्कार राशीको कप हो ।
कार्यक्रममा उपस्थित हाम्रा सहकर्मी समिर पौडेलका अनुसार कार्यक्रम विहानै देखि साँझ सम्म सञ्चालन भएको र मैत्रीपूर्ण विभिन्न खेलकुदका साथै चिया नास्ता तथा डिनरको समेत व्यवस्था आयोजकले गरेको जानकारी दिनुभयो ।
टुओम्बा नेपलिज फुटबल क्बलका अध्यक्ष अमृत थापाले क्लबले आगामी दिनहरुमा नेपाल बाट नै फुटबलका खेलाडीहरु अष्ट्रेलिया ल्याई भावी पुस्ताहरुलाई प्रशिक्षण गराउने सोच रहेको बताउनुभयो ।
