खोजी विशेष संवाददाता
टुओम्बा १, अक्टोबर
अष्ट्रेलियाको डार्विनमा पहिलो पटक ग्रेस दशै कप सम्पन्न भएको छ । गत आइतबार २८ सेप्टेम्बरका दिन डार्विनको मलाक ओभल मा सम्पन्न प्रतियोगितामा कुल ८ टिम सहभागि भएका थिए ।
चिल्याक्स व्वाईज फुटबल क्लबले प्रतिस्पर्धी नर्दन नेपलिज फुटबल क्लबलाई पछि पार्दै उपाधी हात पारेको हो । उपाधि हात पारे सँगै नगद २ हजार अष्टे«लियन डलर ट्रफी मेडल हात पारेको छ ।
प्रतियोगितामा चिल्याक्स ब्वाईज फुटबलका क्लबका क्रिजल खड्काले सर्वश्रेष्ठ खेलाडीको उपाधि पाएभने, सोही टिमका प्रमेश जोखीले उदीयमान खेलाडी घोषित भएका थिए ।
नर्दन नेपलिज फुटबल क्लबका गौरब अधिकारीले सर्वश्रेष्ठ गोलरक्षक, इभन गिरीले सर्वाधिक गोल कर्ताको उपाधि जितेका थिए ।
त्यस्तै स्टुआर्ट पार्क फुटबल क्लबले फेयर प्ले टिम अवार्ड प्राप्त गरेको थियो ।
डार्विनको चर्काे घर्मीमा पनि ८ टिमहरुले निकै जोश र उत्साहका साथ प्रतिस्पर्धा गरे्का थिए ।
डार्विनको नेपाली समुदाय माझ पहिलो पटक आयोजना गरिएको ग्रेस दशैँ कप ले नेपाली समुदाय माझ आपसी सदभाव, खेलप्रेम र उत्साहलाई झनै बलियो बनाएको आयोजक संस्थाले जनाएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com