खोजी विशेष संवाददाता
टुओम्बा २१,अगष्ट
नेपलिज बास्केटबल एसोशिएसन अफ क्वीन्सल्याण्डको आयोजनामा बास्केटबल प्रतियोगिता हुने भएको छ ।
क्वीन्सल्याण्ड भित्रका ९ टिम सहभागि हुने प्रतियोगिता यही आँउदो अगस्ट २६ तारिख मंगलबार क्वीन्सल्याण्डको कोमेरा इन्डोर स्पोर्ट सेन्टरमा हुने भएको छ ।

३ इन्टु ३ बास्केटबल टुर्नामेन्टमा विजेताले नगद १ हजार डलर, ट्रफी र मेडेल तथा उपविजेताले नगद ५ सय डलर ट्रफी तथा मेडल प्राप्त गर्नेछन ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई ट्रफीको व्यवस्था रहेको आयोजक संस्थाले जनाएको छ ।
क्वीन्सल्याडमै पहिलो पटक नेपाली समुदाय माझ बाँस्केटवल प्रतियोगिता हुन लागेको रमन प्रधानले खोजी विशेषलाई जानकारी दिनुभयो ।

