खोजी विशेष संवाददाता
टुओम्बा २४, डिसेम्बर
अष्ट्रेलियाको तेश्रो ठूलो शहरमा बिस्रवेनमा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ हुने भएको छ ।
यही आँउदो जनवरी १७ तारिख विस्रवेनको मिचेलटन सिनियर सिटिजन हलमा हुन लागेको कार्यक्रममा साँस्कृतिक नृत्य, परम्परागत खाना र रमाइलो साँझको आयोजना गरिएको बिस्रवेन निवासी नवराज रानाले खोजी विशेषलाई जानकारी दिनुभयो ।
(पट्ट मगरको काट छानीङ, लहौ ढुट, धर्म र संस्कृतिको माम्याकिङ) हाम्रो भाषा, भेषभुषा, कला, संस्कृति पहिचानलाई संरक्षण र सम्बर्धन गर्दै सामाजिक न्याय, एकता र सद्धावलाई भन्ने मुल नाराका साथ मगर समाज ब्रिसवेनले आयोजना गर्न लागेको माघे संक्रान्ति २०८२ विशेष कार्यक्रममा सम्पूर्ण मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।
मगरहरुको संस्कृति झल्कने गीत संगीत, खान पिन, घैटो फुटाई, ठेलो प्यmाक्ने खालका विविध साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।
मगर समाज बिस्रवेनले विगत केहीबर्ष यता निरन्तर रुपमा माघे संक्रान्ति पर्वलाई समुदाय माझ साँस्कृतिक पर्वको रुपमा मनाउदै आँइरहेको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com