क्यार्लिफोनिया, २६ डिसेम्बर
अस्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेको क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको अध्यक्षमा पुन ः डा. केशव शर्मा चयन हुनुभएको छ ।
संस्थाको गत डिसेम्बर १४ तारिखमा बसेको साधारण सभा तथा अधिवेशनले शर्मालाई पुनः अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अनिता अधिकारी आले, सचिवमा नारायण पन्थी, कोषाध्यक्षमा गोविन्द ओझा, सहायक कोषाध्यक्षमा जीवन पौडेल र सदस्यहरुमा देवकला श्रीस, सरोज क्षेत्री, टीकाराम शर्मा, मिकेश बस्नेत, सोवित अधिकारी र आविष्कार पाण्डे चयन हुनुभएको छ भने बाँकी २ जना सदस्य व्यवस्थापन समितिले चयन गर्ने बताइएको छ ।

सभामा संस्थाको बार्षिक गतिविधि, उपलब्धि तथा आयव्ययको विवरण प्रस्तुत गरिएको थियो ।सभाले बर्ष २०२५ –२०२६ का लागि नयाँ व्यवस्थापन समिति चयन गरेको हो ।
क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रले अस्ट्रेलियाको क्वीन्सल्याण्डमा जग्गा खरिद गरिसकेको छ भने पशुपति नाथको मन्दिर ,बौद्ध स्तुपा तथा साँस्कृतिक भवन बनाउने लक्ष्य बोकेको छ ।जसका लागि आर्थिक संकलन अभियान सञ्चालन गरिराखेको छ ।
नवनिर्वाचित शर्माले कार्यक्रमलाई सफल बनाउन साथ दिने संघ संस्था, व्यक्ति तथा आजीवन सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाको भावी योजनामा सबैको साथ सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com