असफल गौतम

पोखरा

हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित टीकाराम बास्तोला स्मृति सम्मान विभिन्न शिक्षासेवी तथा समाजसेवीलाई अर्पण गरिने भएको छ । संस्थाको हालै सम्पन्न बैठकले यो वर्ष एक संस्थासहित छ जनालाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यो वर्ष सम्मानित हुने स्रष्टामा शिक्षासेवी जोर्ज जोन, चतुरमान श्रेष्ठ, स्वास्थ्यसेवी प्रा.डा. देशराजबहादुर कुँवर, समाजसेवी अधिवक्ता रामचन्द्र त्रिपाठी, समाजसेवी धर्मराज बाँस्तोला र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल रहेका छन् । शिक्षा तथा समाजसेवी टीकाराम बास्तोलाको परिवारद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष माघ ८ गतेका दिन प्रतिष्ठानले सम्मान कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ । बाँस्तोलाका सुपुत्रद्वय डा. दिनेश बाँस्तोला र ई. रमेश बाँस्तोलाको पहलमा बाँस्तोला परिवारद्वारा स्थापित अक्षयकोषबाट यस अगाडि विभिन्न स्रष्टा, साथक तथा संस्था नगदसहित सम्मानित भइसकेको प्रतिष्ठानका सचिव परशुराम अधिकारीले जानकारी दिए । पुरस्कार कोषका संस्थापक डा. दिनेश बाँस्तोलाले अभिभावकले पु¥याएको योगदानको स्मरणका साथै जननी र जन्मभूमिको ऋण तिर्न नसके पनि आत्मसन्तोषका लागि शिक्षा तथा समाजसेवीलाई प्रोत्साहन गर्दै आएको बताए । संस्थाले सम्मानपत्र र ११ हजार नगद राशिसहित सम्मान गर्दै आएकोमा कोषबाट आर्जित ब्याज र परिवारको सहकार्यमा हरेक वर्ष पुरस्कारको राशि वृद्धि गर्दै आएको प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिए ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com