पोखरा १४, असोज
राष्ट्रिय संगीतकर्मी संघ कास्कीको आयोजनामा संस्थागत प्रशिक्षण, नेतृत्व विकास तथा उद्घघोषण तालिम सम्पन्न भएको छ। राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश का उपाध्यक्ष सागर कार्की तथा रेडियो कास्की ९६.५ मेघा हर्ज स्टेशन प्रमुख सुशिल नेपाली ले तालिममा प्रशिक्षण गरेका थिए।
प्रशिक्षार्ति रोशन बुढा मगर तथा कन्चन सुनारले प्रशिक्षण पश्चात आफुमा आत्मविश्वास बढेको र अब ढुक्कले आफ्ना विचार राख्न सक्ने बताउदै आयोजक संस्थालाई धन्यवाद दिए। कार्यक्रमका प्रमुख अतिथि एकिकृत समाजवादि गण्डकी प्रदेश सदस्य तथा नेपाल दलित मुक्ति संघ केन्द्रीय सदस्य रोशनी बर्देवाले कलाकारहरु देशका गहना रहेको यस्ता कार्यक्रमले निखारता ल्याउने र कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बताउनु भयो। कार्यक्रममा केन्द्रिय सदस्य ऋषिराम दाहाल ले संस्था विधि विधानमा चल्नु पर्ने र सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो।
साथै कार्यक्रममा प्रदेश उपाध्यक्ष सागर कार्की, विशेष अतिथि जुम बहादुर परियारले बोल्नु भएको थियो।
कास्की का प्रथम उपाध्यक्ष कपिल श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सुनिल गायक को अध्यक्षतमा भएको थियो र कार्यक्रम संचालन द्वितिय उपाध्यक्ष राजन सुवेदी ले गरेका थिए।
