पोखरा २, असोज
नेपाल फर्मास्यूटिकल एसोसियसन, गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशस्तरीय फर्मा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ |
सेप्टेम्बर १८ का दिन गण्डकी विश्वविद्यालयको सभाहलमा, विश्व फार्मासिष्ट दिवस सेप्टेम्बर २५ को पूर्वसन्ध्यामा अन्तर विश्वविद्यालय स्तरीय फर्मा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरीएको थियो१ कार्यक्रमको प्रमुख आतिथ्यता गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। गणेशमान गुरुङ्गले गर्नुभएको थियो ‌१ कार्यक्रममा पोखरा विश्वविद्यालयको स्वास्थ विज्ञान संकायका डिन डा। अमर नागिला, गण्डकी प्रदेश एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजी ९न्एब्क्त्० का कार्यकारी निर्देशक डा। ढाकाराम भण्डारी, नेपाल फार्मेसी परिषद्का सदस्य अमृत थापा लगाएत विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो |
एसोशिएसनले प्रसम्शनीय कार्यहरु गर्दै आएको र आगामि दिनहरुमा फार्मेसीको पेसागत हितको लागी थप कार्यहरु गर्न पर्ने र हरेक कार्यहरुमा सधै आफ्नो साथरहेको कुलपतिले प्रतिबद्दता जनाउनुभयो ।
फार्मेसी पेशा र आफ्नो एकदमै आत्मिय सम्बन्ध रहेको तरपनि नेपालभरीका फर्मासिस्टहरुलाई एक भैइ अझै पेशालाई जनमासमा चिनाउन थप गृहकार्य गर्न पर्ने कुरा डिन डाक्टर नागिलाले उठाउनुभयो ।
अनुसन्धानको क्षत्रलाई बढाउनुपर्ने र फार्मेसी पढ्दै गरेका भाईबहिनीलाई आर्थिक सहयोग गर्ने कुरा डाक्टर भण्डारीले बताउनुभयो ।
एशोसिएसन काउन्सिलको जन्मदाता हो बिगतमा जस्तै आगामिदिनहरुमा काउन्सिल र एशोसियसनको सहकार्य गरि फार्मेसी पेशाको गुणस्तर बढाउन काउन्सिल लागीपरेको सदस्य थापाले जानकारी गराउनुभयो ।
विश्वविद्यालयमा औषधी विज्ञानमा स्नातक तह अध्ययन गर्दै गरेका ४ वटा विश्वविद्यालय पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको गण्डकी मेडिकल कलेज, पूर्वाञ्चल विश्वविद्यालयको नोवेल एकेडेमी सहि ७ वटा समुहहरु सहभागी भएको प्रतियोगीतामा पोखरा विश्वविद्यालयको समुह क प्रथम भएको थियो१ पोखरा विश्वविद्यालयकै समुह ख दोस्रो भएको थियो भने गण्डकी विश्वविद्यालयको समुह ख तृतीय भएको थियो१ विजेता समूहहरुले नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नुका साथै विजेता पोखरा विश्वविद्यालयले यो वर्षको रनिङ्ग सिल्ड आफ्नो नाममा पारेको छ१
नेपाल फर्मास्यूटिकल एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी विश्वविद्यालयका फार्मेसी कार्यक्रम संयोजक प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोशिएसनले पेशाको हकहितको लागी धेरैनै मिहिनेत गरीरहेको साथै आगामि दिनहरुमा पनि यस्तै कार्यक्रमहरु ल्याउने उहाले बताउनुभयो ।
संस्थाका प्रदेश उपाध्यक्ष नवराज बास्तोलाले स्वागत मन्तब्य , एसोशिएसनको इतिहासको बारेमा सस्थाका सदस्य अमृता अधिकारीले प्रस्ट पार्नुभयो ।
कार्यक्रम संचालन संस्थाका सचिव विजय त्रिपाठी र कार्यक्रम सम्योजक सदस्य युवराज पौडेलले गरेका थिए।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com