खोजी विशेष संवाददाता
पोखरा १३, श्रावण
राष्ट्रिय संगीतकर्मी संघ कास्कीको छैटौँ साधारण सभा तथा तेश्रो अधिवेशन शनिवार पोखरामा सम्पन्न भएको छ ।
अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्दितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह सचिवमा नविन लामिछाने, सह कोषाध्यक्षमा सचिन भट्टराई र सदस्यहरुमा क्रमश सुजित परियार, किसु गुरु·, रविन नेपाली, सूर्य बहादुर परियार, सुजन परियार, सिता सुवेदी, अनु वि.क सागर रम्बा चयन हुनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले संस्था विधि विधानले चल्नुपर्ने र प्रदेश र जिल्ला को सहकार्य ले नै केन्द्रलाई काम गर्न सजिलो हुने बताउनुभयो । उहाँले कलाकार कल्याणकारी कोष खडा भएको र त्यसमा सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।
राष्ट्रिय संगीतकर्मी संघका कार्य बहाक अध्यक्ष कपिल श्रेष्ठको अध्यक्षतामा संञ्चालित उद्घाटन सत्रको कार्यक्रममा संघका गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकाल, महासचिव बालकृष्ण शर्मा तथा कृष्ण रानाभाट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रिय संगीतकर्मी संघका कोषाध्यक्ष हरिराज कोइरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुनिल गायकले गर्नु भएको थियो ।
कार्यक्रममा नि.वर्तमान अध्यक्ष, सचिव, कोषाध्यक्षले आ.आफनो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
