बलराम पौडेल
पोखरा ३, साउन

संस्कृत युवा मञ्च नेपालद्वारा आयोजित सेतीगण्डकी आरतीको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । २०७९ साल आषाढ २६ गते अर्थात् हरिशयिनी एकादशीका दिनदेखि पोखरा ०९ शान्तिघाटबाट संस्कृत युवा मञ्च नेपालद्वारा सेती गण्डकीको आरती प्रारम्भ गरिएको थियो । यसै उपलक्ष्यमा तुलसी बिरुवा वितरण सहित गण्डकीको आरती गरेर वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक गोपाल पराजुलीले जानकारी गराउनुभयो ।

उक्त कार्यक्रम पोखरा महानगरपालिका वडा नं ९ का वडासदस्य लक्ष्मी पहारीको विशेष आतिथ्यमा सम्पन्न भयो । विशेष अतिथिको मन्तव्य राख्दै पहारीले संकृत युवा मञ्चले धर्म, संस्कार र संस्कृतिको संरक्षण एवं सम्बर्द्धनका निम्ति गरेको उदाहरणीय काम प्रति आफू निकै हर्षित भएको भन्दै यस्ता कार्यका लागि सधै साथ र सहयोग रहने दृढता समेत व्यक्त गर्नुभयो । उहाँले सेतीगणडकी दिव्य महाआरतीका लागि वडा नं ९ नै रोजेकोमा आफूलाई गर्व लागेको कुरा बताउनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै सल्लाहकार एवं विन्दुवासिनी संस्कृत विद्यापीठका सहप्राध्यापक डां. भोलानारायण रेग्मीेले संस्कृत युवामञ्च नेपालले पूर्वीय सभ्यताको संरक्षणका लागि गण्डकी आरती गरेकोमा खुसी व्यक्त गर्नुभयो । चारैतिरबाट हाम्रो मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने कार्य बढिरहेका बेला यस्ता सह्रानीय कार्य गर्दै आएको भन्दै संस्थालाई प्रोत्साहन समेत गर्नुभयो । साथै , अझै राम्रा एवं बौद्धिक कामहरूको अपेक्षा राख्दै उहाँले संस्थाको उज्वल भविष्यको कामना समेत गर्नुभयो । संस्थाका अध्यक्ष विस्वराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव दिवाकर पौडेलले कार्यक्रम संचालन तथा संस्थाका उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य रख्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष रामकृष्ण अर्याल , संस्थापक अध्यक्ष राम प्रसाद सिग्देल , सल्लाहकार गिरिधर आचार्य लगायतका व्यक्तिहरूले सेती गण्डकीको महिमा बारे बोल्नुभएको थियो भने कथा व्यास नेपालका केन्द्रीय सदस्य गोकर्ण बरालले हरिशयिनी एकादशीको महिमा बारे प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा युवा पण्डित गुरुहरु क्रमस: अर्जुन पौडेल , विकाश पौडेल र शिव पौडेलले सेती गण्डकीको आरती गरेको संस्थाका कोषाध्यक्ष भवानी शंकर शर्माले जानकारी गराउनुभयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com