पोखरा २७ जेठ
पोखरा महानगरपालिका वडा नं २५ हेमजामा विभिन्न उद्देश्यले सञ्चालित कुल १८ वटा सहकारी बीचको बुधबार बसेको भेलाले हेमजा सहकारी मन्च गठन गरेको छ ।
भेलाले रुदनाथ पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्य सञ्चालन समिति र १८ सदस्यीय मुल समिति चयन गरेको छ ।

भेलाले समितिको उपाध्यक्षमा मोतिराम तिमिल्सिना, सचिवमा रामचन्द्र त्रिपाठी, कोषाध्यक्षमा मेघराज त्रिपाठी, सहसचिवमा उमा आचार्य त्रिपाठी र सदस्यहरुमा क्रमश देवी प्रसाद अधिकारी, मोहन त्रिपाठी, सुरेश सापकोटा र खिम नारायण अधिकारीलाई चयन गरेको छ ।
मुल समितिको बाँकी अन्य सदस्यहरुमा अन्य सहकारीका अध्यक्षहरु स्वत चयन हुने निर्णय समेत गरिएको छ ।

नव गठित सहकारी मन्चले हेमजामा कर्जा सूचना केन्द्रको स्थापना गर्ने, तालिम र सहकारी शिक्षालाई व्यापक बनाउने, संस्थालाई सुशासन युक्त बनाउने, सहकारीमा पर्न सक्ने समस्या र चुनौतीको सामुहिक समाना गर्ने लक्ष्य लिएको छ ।
हेमजा सहकारी मन्च गठन पछि, नवगठित टीमलाई बधाई तथा शुभकामनाका साथै मन्चले एकीकृत सामाजिक उत्तरदायित्व समावेश गर्ने, सहकारीको व्याज तथा किस्ता तिर्ने ढिला सुस्ती गर्ने ऋणी प्रति झक्झकाउने लगायतका काम गर्ने हेमजा बासीले अपेक्षा गरेका छन् ।

 

 

 

 

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com