खोजी विशेष संवाददाता
अप्रिल १४, टुओम्बा
एभेरष्ट किक्रेट क्लब टुओम्बाको मुख्य आयोजना तथा अष्ट्रेलिया वाइड ट्रेनि· इस्न्टिच्यूटको मुख्य प्रायोजनमा सञ्चालित चाथौ एभरेष्ट टी टेन कफको उपाधि आयोजक आफैले राख्न सफल भएको छ।
उपाधि जिते सँगै नगद २५ सय  अष्ट्रेलियन डलर, ट्रफी तथा मेडल प्राप्त गर्न सफल भएको छ भने प्रतियोगिताको उपविजेता बनेको नेपलिज राइनो क्रिकेट क्लब विस्रवेनले ट्रफी तथा मेडलमा मात्रै चित्त बुझाउनु परेको थियो .

प्रतियोगितामा वेस्ट बलर अफ दी टुर्नामेन्ट विनयशर्मा, वेस्ट प्लेयर अफ दी टुर्नामेन्ट आदित्य महता, वेस्ट व्याट म्यान अफ दी टुर्नामेन्ट अंकित विक्रम पौडेल, म्यान अफ दी म्याच तर्फ विनय शर्मा र इर्मजि· प्लेयर अवार्ड सौरब अधिकारी भए सँगै विधागत ट्रफी हासिल गरेका छन् ।

यो बर्षको कार्यक्रमको लागि टुओम्बा रिजनल काउन्सिलको विशेष सहयोग तथा क्वीन्सल्याण्ड नेपलिज क्रिकेट एशोसिएसन तथा एभिसन एजुकेश तथा भिजा सर्भिेसको विशेष सहयोग रहेको क्लब क्याप्टेन पुकार घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले प्लाटिनियम स्पोन्सर, विनोद साउद ले गोल्ड स्पोन्सर , दरवार क्याफे गोल्ड स्पोन्सर, क्वीक एण्ड इजी ग्रोसरी तथा एक्सपर्ट एजुकेशन तथा भिजा सर्भिेसेसको सिल्भर स्पोन्सर गरेको आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगितालाई सफल बनाउन टुओम्बा स्थितका नेपलिज एशोशिएसन अफ टुओम्बा, न्याट युएसक्यू सोसाइटी, टुओम्बा नेपलिज फुटबल क्बल र किड्स इभेन्ट टुओम्बाको सहयोग गरेका थिए ।
प्रितियोगितामा फोटो ग्राफी तर्फ सन्देश ग्राफी मिडिया पार्टनरमा खोजी विशेष मिडिया पार्टनर र हस्पिटालिटी पार्टनरमा दरबार क्याफे विशेष भूमिका खेलेको थियो ।
प्रतियोगिता अवधिभर शैलेश थापाले होस्ट गरेका थिए ।प्रतियोगितालाई सफल बनाउन सहयोग पु¥याएका भोलुन्टियर, स्पोन्सर दाता, स्थानीय संघ संस्था, मिडिया पार्टनर तथा खेलप्रेमी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको एभरेष्ट क्रिकेट क्लबका अध्यक्ष एकराज अधिकारीले जानकारी दिनुभयो ।
एभरेष्ट क्रिकेट क्लबले बेला बखतमा यस्ता खालका प्रतियोगिता सञ्चालन गर्दे आइरहेको छ ।

 

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com