गोविन्द तिमिल्सिना

हेमजा, १५ फागुन

महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम सोमबार पोखरा २५ हेमजामा सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिला सञ्जालले राम्रो काम गरेकोमा प्रसंसा गर्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गर्नु भयो । मादलले गाउँ घर बिउझाउने गरेको उल्लेख गर्दै मादल जनुसुकै बाजामा पनि चाहिने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ का अध्यक्ष दानबहादुर भुजेल र महिला सञ्जाल पोखरा २५ हेमजाका निवर्तमान अध्यक्ष रमा त्रिपाठी लगाएतले बोल्नु भएको थियो । प्रशिक्षक सम्बर बहादुर गायकले दिनुभएको तालिममा हेमजामा रहेका आमा समुहका प्रतिनिधिको सहभागीता रहने छ । महिला सञ्जालका अध्यक्ष अप्सरा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रिता त्रिपाठीले र सञ्चालन सचिव उमा भुर्तेल पौडेलले गर्नु भएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com