खोजी विशेष संवाददाता
टुओम्बा ४, मार्च
अस्ट्रेलियाको विस्रवेनमा यो बर्ष पनि मार्च ८ तारिख शुक्रबारका दिन महाशिवरात्री पूजा पाठ हुने भएको छ ।
क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजनामा विस्रवेनको चर्मसाइड स्थित विग्रेड पार्कमा दिउँसो ३ बजे देखि ७ बजे सम्म हुने केन्द्रले जनाएको छ ।
क्यू एन सी सी ले एक पोस्टर सार्वजानिक गर्दै सो पूजा पाठ तथा भजन कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
उक्त दिन पण्डित बाट विधिवत पुजाको कार्यक्रम अपरान्ह्र ३ देखि ५ बजे सम्म, टीका एवम् प्रसाद ग्रहण ५ देखि ७ बजे सम्म र भजन किर्तन साँझ ६ बजे देखि ७ बजे सम्महुने आयोजक क्यू एन सि सिी ले जानकारी दिएको छ ।
शिव पूजामा सहभागी हुन चाहाने श्रदालु भक्तजनहरु नाम दर्ता गराउनुपर्ने र पूजा सुरु हुनु भन्दा आधा घण्टा अघाडी उपस्थित हुने अनुरोध गरिएको छ ।
प्रवेश निशुल्क राखिएको कार्यक्रममा क्वीन्सल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरु उपस्थित हुन सक्नेछन ।
क्वीसन्याण्ड नेपाली साँस्कृतिक केन्द्रले विगतका केही वर्ष यता निरन्तर रुपमा महाशिवरात्री पर्व पूजा पाठ तथा भजन किर्तन गर्दे आइरहेको छ।
