खोजी विशेष संवाददाता
पोखरा २२, फागुन
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३ आर्वा निवासी ३८ बर्षिय रिता पौडेल यति वेला टाउकोको मतिष्कमा समस्या देखिएर उपचाररत हुनु हुन्छ ।
टाउकोको मस्तिष्कमा नशा खुम्चिई अप्रेशन गर्नुपर्ने डाक्टरको सल्लाह बमोजिम यही आँउदो चैत्र १ गते काठमान्डौ न्यूरो अस्पतालमा शल्यक्रिया गर्ने डाक्टरको सल्लाह भएको पौड्ल परिवार श्रोतले जानकारी दिएको छ।
रिताको परिवारमा उनका श्रीमान १ छोरी र १ छोरा छन् । श्रीमान तथा रिता आफैले पनि ज्याला मजदुरी गरेर परिवार जेन तेन चलाउदै आएका थिए । विहान वेलुका एक छाक खान र छोरा छोरीलाई शिक्षा दिक्षा दिलाउन धौ धौ परेको पौडेल परिवारलाई जव डाक्टरले रितालाई मतिस्कष्मा नशाको अप्रेशन गर्नुपर्ने र पटक पटकको अप्रेशन गरेर कुल ४५ लाख लागत लाग्न सक्ने बताए तव पौडेल परिवारमा वज्रपात प¥यो ।
यतिवेला कहाँ बाट आफनी धर्म पत्नी रिताको उपचार सफल गर्न सकिन्छ र खर्च कसरी व्यहोर्न सकिन्छ भनेर उनका श्रीमान बुद्धिराज पौडेल तनाबमा छन् । आफुसँग आफनी श्रीमतीको उपचारको लागि आवश्यक रकम नभएको र भएको जाय जेथा बेचरै भएपनि उपचार गर्दा पनि रकम अपुग हुने भएकाले सहयोग लागि अपिल गरेको पौडेलका श्रीमानले बताउनुभयो ।
यति वेला सामाजिक सञ्जाल फेसवुक मार्फत रिता पौडेल बचाउ अभियान सञ्चालन गरिएको छ । पौडेलको सहयोगार्थ मादी गाँउपालिका वडा नं ३ ले सिफारिस पत्र मार्फत सहयोगको लागि अनुरोध समेत गरेको छ ।
रिता पौडेल वचाऊ अभियान अन्तर्गत उहाँको उपचारार्थ सहयोग गर्ने चाहानेहरुले रिताका श्रीमान बुद्धिराज पौडलेको नाममा रहेको माछापुच्छे्र बैकं लि.को खाता नं ०७९०९७९२७०२०००१५ मा सहयोग गर्ने सक्ने र थप अन्य केही जानकारी वा सोधपुछ भएमा रिताको श्रीमान बुद्धिनाथ पौडेललाई ९८२७१५०५१८ मा सम्पर्क गर्न सकिने पौडेल परिवारले जनाएको छ ।
पौडेल परिवारले आफना नाता गोता, छरछिमेकी तथा इष्टमित्र सबै सँग सहयोगको हात मागेको र देश विदेशमा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरु सँग सहयोगको अपेक्षा राखेको बताउनु भएको छ ।

अस्टेलियाको लागि सहयोग सम्र्पक खाता नं

Commonwealth Bank

Account No: 10548417

BSB: 064163

Account Holder Name: DURGA DHAKAL& SUDIP TRIPATHI

Contact: 0405457832

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com