गोविन्द तिमिल्सिना

हेमजा, २७ फागुन

स्नो भ्यू बोर्डिङ स्कुल पोखरा २५ हेमजाले शैक्षिक प्रर्दशनी कार्यक्रम आइतबार बिद्यालय प्राङ्गणमा गरेको छ ।

कार्यक्रममा बिधार्थीद्धारा निर्मित हस्तकलाका सामाग्रीहरु प्रर्दशनी गर्नुको साथै बिक्री गरिएको छ । काठमाण्डौ विश्वविधालयका डिन बालचन्द्र लुइँटेलले आजको आवश्यकता प्राबिधिक शिक्षा भएको बताउदै बिदेश जान पनि सिपको आवश्यक पर्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले कार्यक्रम सफलताको शुभकामना दिदै शिक्षामा प्रबिधि मैत्री बनाउन आवश्यक रहेको उल्लेख गर्नु भयो । बिद्यालयले स्टिम विधिको प्रयोग गरी शिक्षण कार्यलाई गुणात्मक तथा प्रभावकारी बनाउनका निम्ती बिषय बस्तुका आधारमा शिक्षण गर्दै आई रहेको छ ।

काठमाण्डौ विश्व  विधालय मार्फत सञ्चालित सि पि इ कार्यक्रक अन्र्तगत अध्यन गराउदै आएको छ । कक्षा नर्सरी देखी कक्षा १२ सम्मका विधार्थीले अध्यन गरेका अलग अलग विषयको समष्ट्रीगत सिकाइलाई सदुपयोग गर्न ब्यवसायिक सिप एवम् प्राविधिक ज्ञानको प्रयोग गरी निर्माण गरेका सामाग्रीहरुको कक्षगत रुपमा प्रदर्शन गरेका हुन ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परशुराम अधिकारीले गर्नुभएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com