पोखरा, २८ फागुन।आगामि चैत २५ गतेदेखि बैशाख ३ गतेसम्म १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।
विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवका लागि यस वर्ष पनि सुन्दर ठाँउ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नारालाई अगाडि सारिएको छ ।
सोमवार भएको सरोकारवालाको भेलाले क्लवका अध्यक्ष सुविन श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।जसको महासचिवमा वसन्तकुमार श्रेष्ठ र कोषाध्यक्षमा राम सापकोटा चयन भए ।
भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।जसअनुसार अर्थ संकलनमा डम्बरबहादुर कुँवर, स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानमा राजेन्द्र थापा(गौरव), पानी विजुलीमा केशव गिरी, स्वयम्सेवक परिचालनमा अस्मित थापा, सुरक्षा व्यवस्थापनमा मदन थापा, छपाई अनलाईतर्फ मधुर कुँवर, आमा समूह परिचालनमा अप्सरा तिमिल्सीना, लेखा उपसमितिमा झलकनाथ पौडेललाई संयोजकको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी प्रचारप्रसार उपसमितिमा श्रीभद्र पौडेल, सचिवालय समितिका चन्द्र श्रेष्ठ, अतिथी सत्कार उपसमितिमा मीना कुँवर, कृषि उपज तथा आलु व्यवस्थापनमा जयराम तिमिल्सीना, टिकट व्यवस्थापनमा सुरेन्द्र थापालाई संयोजकको जिम्मेवारी तोकिएको छ ।
आवश्यक अन्य उपसमिति पनि गठन गर्ने र त्यसका लागि मंगलवार पुन वैठक बस्ने आयोजकले जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै वडा सदस्य कृष्णबहादुर कुँवरले आलु महोत्सव हेमजाको पहिचान भएको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।उनले क्लव भवन निर्माण गर्न पनि सुझाव दिर्दै महोत्सवलाई मितव्ययी बनाउनुपर्ने स्पष्ट पारे ।
आलु महोत्सवका संस्थापक धर्मराज बास्तोलाले कृषि उपजमा नाममा हेमजाको पहिचान जोडिनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसलाई दिगो रुपमा बचाइराख्नुपर्ने औँल्याए।
त्यस अवसरमा क्लवका पूर्व अध्यक्षहरु लभ थापा र जगतबहादुर थापा, क्लवका अध्यक्ष सुविन श्रेष्ठ, सचिव वसन्तकुमार श्रेष्ठ, राधाकृष्ण आमा समूह अध्यक्ष सिर्जना सापकोटा लगायतले पनि भनाई राखे ।
कार्यक्रमका बीच ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको आय व्यय पनि सार्वजनिक गरियो ।
खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो ।
हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ ।
youtube : Khojibises
Tiktok : khojibisestv
instragram : khojibises
facebookpage : khojibises
if you have anything about your concern to us you can contact : khojibises@gmail.com