गोविन्द तिमिल्सिना
हेमजा, १३ फागुन
टोल बिकास संस्था समन्वय समिति पोखरा २५ हेमजाको आयोजना तथा वडा न. २५ वडा कार्यालयको आर्थिक सहयोगमा सरसफाइ सामाग्री हस्तान्तरण एवं प्रशिक्षण कार्यक्रम आइतबार पोखरा २५ हेमजामा भएको छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै भाषण भन्दा काम गर्नुपर्ने बताउनुभयो । हाम्रो उदेश्य भनेको वडालाई बिकास गर्नु भएको उल्लेख गर्दै जनप्रतिनिधि भनेको जनताको सेवक भएको वडा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । हाम्रो वडालाई सफ र हरियाली बनाउन सबै मिल्नु पर्ने बताउदै महानगरले ग्रिन सिटीको अवधारणा सुरु भएको उल्लेख गर्नुभयो ।
पोखरा २५ का वडा सदस्य कृष्णबहादुर कुँवरले टोल बिकास संस्थाले जनप्रतिनिधि संग सहकार्य गर्नुपर्ने बताउदै फोहोर कार्ड दार्ता भए पछि कर तिर्नुपर्ने हुनुपर्नेमा पहिलेदेखिको कर तिर्नु परेको उल्लेख गर्नुभयो । टोल बिकासमा राम्रो काम गर्नेलाई सम्मान गर्ने बताउदै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । नेपाली काँग्रेस पोखरा २५ का सचिव झङ्कनाथ तिमिल्सिनाले सरसफाइ गर्न कुरा मात्र गर्नु भन्दा आफ्नो टोल आफै सफा गरे वडा आफै सफा हुने बताउनुभयो ।
कार्यक्रमको सफलताको शुभकामना दिदै पार्टीबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋृषिराम पौडेलले कार्यक्रम सफलताको शुभकामना दिदै वडा सफा बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । माओवादी केन्द्र पोखरा २५ का अध्यक्ष महादेव अधिकारीले सरसफाइ एक पटक मात्र गरेर नहुने बताउदै फोहोर नगर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पाटी कास्कीका सदस्य कृष्णप्रसाद सुवेदीले पदमा बस्नु ठुलो कुरा नभएको उल्लेख गर्दै काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी भन्दा पनि देश र समाज हेर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, पोखरा महानगरपालिका वातावरण सरसफाइ महाशाखा प्रमुख कल्पना बराल, पोखरा महानगरपालिका गुनासो सुनाइ प्रमुख लोकदर्पण कोइराला र महिला सञ्जाल पोखरा २५ हेमजाका अध्यक्ष अप्सरा तिमिल्सिना लगाएतले बोल्नु भएको थियो । प्रशिक्षक भिमप्रसाद श्रेष्ठ, चोलाकान्त पौडेल र दानबहादुर भुजेलले प्रशिक्षण दिनु भएको कार्यक्रममा वडा भित्र भएका ३३ वटै टोल बिकास संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । समितिका अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष बलराम पराजुलीले र सञ्चालन सहसचिव कृष्णमान श्रेष्ठले गर्नु भएको थियो ।
