असफल गौतम , पोखरा

हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले शनिवार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ सम्पन्न गरी उक्त दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् कर्ममा लाग्नुपर्नेमा जोड दिइन् । उनले आफूँले गरेका सत् तथा असत् दुवै कर्मका पहिलो भागिदार बाबुआमा हुने भएकाले शिर उचो राख्ने काम गर्नुपर्नेमा जोड दिँदै स्रष्टा साधकलाई राष्ट्रका असल सन्तानका रूपमा चित्रित गरिन् ।
प्रतिष्ठानको रजत वर्ष सम्मानप्रति आभार व्यक्त गर्दै उनले उक्त सम्मान आफ्नो साहित्ययात्रामा अविस्मरणीय पहिचान बनेर बस्ने बताइन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले हेमजा हरेक क्षेत्रले पृथक पहिचान बोकेको स्थान भएको चर्चा गर्दै मातृभाषा दिवसका सन्दर्भमा यसरी नेपाली भाषी भारतीय साहित्यकारलाई हेमजामा बोलाएर मर्म अनुसारको स्तुत्य कर्म गरेको बताए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले भाषा साहित्यको श्रीवृद्धिका लाग्छौं भन्नेहरू कुष्ठा र अहम्को भरियावादबाट माथि उठ्न नसक्दा साहित्यको श्रीवृद्धि असली रूपमा हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
गण्डकी प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले असम निवासी नेपालीभाषी भारतीय साहित्यकारको हेमजा आगमनले प्रतिष्ठानको रजतवर्षका गतिविधिले थप उचाइ लिने बताए ।
कार्यक्रममा संस्थाका संस्थापक सचिव कोविदशरण उपाध्याय, उपाध्यक्ष सुनिल गायक, सचिव परशुराम अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
सोही समारोहबीच प्रतिष्ठानले १२२ औं सम जयन्तीको अवसरमा आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताको पुरस्कासमेत अर्पण गरेको छ ।
उक्त प्रतियोगितामा केफ माविकी मुस्कान पोखरेल, धवलागिरि बोर्डिङका एलिस सुवेदी, श्री अम्बिका माविका रोजी भण्डारी र धवलागिरि बोर्डिङ्की एलिना अधिकारीले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगिता संयोजक भानुभक्त अविरलले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटनका लागि प्रतिष्ठानले तत्स्थानीय शीर्षकसहितको निबन्ध लेखन प्रतियोगिता राखेको बताए । उनले प्रतियोगितामा विभिन्न विद्यालयका ११ जना विद्यार्थी सहभागी भएकामा अन्य विद्यार्थीलाई सहभागिता प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा डा अनिल थापा, गंगा त्रिपाठी, षष्टिवल्लभ तिवारी, सौगात विक, संगम गायक, असिम गायकलगायतले रचनावाचन गरेका थिए । यस्तै, गण्डकी प्रज्ञा–प्रतिष्ठानको एकमहिने सारंगी प्रशिक्षण प्राप्त विद्यार्थी भाइबहिनीबाट सारङ्गीमा राष्ट्रगानसहित कार्यक्रम शुभारम्भ गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनिल गायकले स्वागत तथा सचिव परशुराम अधिकारीले कार्यक्रम सन्चालन गरेकाथिए।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com