गोविन्द तिमिल्सिना
हेमजा, ५ फागुन
हेमजा उधोग ब्यबसाय समिति पोखरा २५ हेमजाको पहिलो साधारण सभा तथा प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले मिनराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सुशीला पाठक त्रिपाठी, महासचिवमा राजेन्द्र बाँस्तोला, सचिवमा तिर्थराज देवकोटा र कोषाध्यक्षमा सुशीला पौडेल बाँस्तोला चयन हुनुभयो । अन्य सदस्यमा उपेन्द्र सापकोटा, धुर्व परियार, प्रदिप सापकोटा, कृष्ण अधिकारी र सृष्टि अधिकारी रहनु भएको छ । साथै ३ सदस्य मनोनीत गरिने सचिव तिर्थराज देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उधोग ब्यबसाय संघका अध्यक्ष पवनकुमार प्रजापतिले हाम्रो ब्यबसायमा आफनो उत्पादन बडाउनु पर्ने बताउदै सरकारले ब्यबसायलाई केही नगरेको उल्लेख गर्नुभयो । हेमजालाई पोखरा उधोग ब्यबसायको इकाई बनाउन पहल गर्ने बताउदै आर्थिक मण्डी भएको अबस्थामा कर बडाउन नहुने बताउनुभयो । कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर, कपडा ब्यबसाय सघं कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पोखरा इलेक्ट्रोनिक ब्यबसाय संघ कास्कीका अध्यक्ष नारायण सुवेदी र सदस्य धुर्बबहादुर परियारले शुभकामना दिनु भएको थियो । संयोजक मिनराज तिमिल्सिनाले ब्यबसायको हक हितको लागि समिति भएको बताउदै समिति गठन र दर्ता गर्दा भोग्नु परेको समस्य बारे जानकारी गराउनु भएको थियो । हाल १२३ जना सदस्य रहेको कोषाध्यक्ष तिर्थराज देवकोटाले जानकारी दिनुभयो ।
संयोजक मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य सुशीला बाँस्तोलाले र सञ्चालन सचिव राजेन्द्र बाँस्तोलाले गर्नुभएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com