अक्टोबर १३, टुओम्बा
अष्ट्रेलियाको विस्रवेनमा यही अक्टोबर १४ तारिख अर्थात भोली शनिबार नेपा फन फेस्ट २०२३ हुदैँ छ ।
टी इभेन्टको आयोजनामा विस्रवेनको सेलिस्बरी स्थित लाईभ एचक्यूमा हुन लागेको कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
नेपाली कला सँस्कृतिको जर्गेना साथै चाडपर्वको समयमा विस्रवेनमा अवस्थित नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्न कार्यक्रम आयोजना गर्न लागिएको आयोजक टी इभेन्टका टीका भूर्तेलले जानकारी दिनुभयो ।
कार्यक्रममा डान्स इन्डिया डान्स २०१४ की विजेता तेरिया मगर, मिस नेपाल २०११ की मलिना जोशी, चर्चित गायक हिमाल सागर , आशिष सचिन विस्रवेन स्थित कलाकार टीकाराम शर्मा शेर बहादुर गुरु·को प्रस्तुती रहने आयोजकले जनाएको छ ।
साँझ ६ बजे देखि १० बजे सम्म सञ्चालन गरिने कार्यक्रममा उपस्थित दर्शकहरुले भव्य रुपमा कार्यक्रमको साँगितीक तथा साँस्कृतिक मजा लिन सकिने आयोजकले जनाएको छ । जसको लागि प्रति टिकट २५ डलर तोकिएको छ ।
कार्यक्रमलाई भव्य रुपले सफल पार्न विस्रवेन स्थितका विभिन्न संघसस्था, व्यापारीक तथा व्यवसायिक संस्थाहरु र नेपाली मिडियाहरुको साथ सहयोग रहेको टी इभेन्टका टीका भूर्तेले जानकारी दिनुभयो ।
