अक्टोबर १३, टुओम्बा
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा कोरानाका कारण स्थिगित नेपाली पाठशाला कार्यक्रम पुन सूचारु भएको छ ।
नेपलिज किड्स इभेन्ट अन्र्तगतको सो कार्यक्रम विगत केही हप्ता यता हरेक आइतबार दिँउसो ३ बजे देखि ५ बजे सम्म पुन सञ्चालन गरिदैँ आएको हो ।
नेपलिज एसोशिएसन अफ टुओम्बा तथा डार्लि· हाईट स्टेट स्कुल सँगको सहकार्यमा नेपाली भाषा तथा संस्कृतिका कक्षाहरु पुन सञ्चालन गरिएको हो ।

२ घन्टा सञ्चालन गरिने कक्षामा उपस्थित वालवालिकाहरुले मन्टेश्वरीमा आधारित नेपाली वर्णमाला, क, ख, रा , अ, आ ई ई , १, २, ३ जस्ता गणना पढने तथा लेख्ने, नेपाली चाडपर्वको बारेमा जानकारी दिने तथा आफनो वुवा आमा परिवारको अरु सदस्यहरु साथीभाई तथा इस्टमित्रलाई आदरसत्कार गर्ने गराउने खालका अभ्यासका कक्षाहरु सञ्चालन गरिएको शिक्षिका सिर्जना अधिकारीले जानकारी दिनुभयो । अधिकारीले हाल एउटै कक्षामा उपस्थित विद्यार्थीहरु लाई भोलिका दिनमा उमेर समूह र सिकाईका आधारमा छुट्टा छुट्टै कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको महसुस गरेको उल्लेख गर्नुभयो ।


सन २०१८ अप्रिल ६ तारिखका दिन २४ जना बाट सुरु भएको नेपाली पाठशाला कार्यक्रम अर्थात नेपलिज किड्स इभेन्ट नामक कार्यक्रम सन २०२० मार्च महिना देखि कोराना कहर का कारण बन्ध थियो । नेपाली पाठशालाका विद्यार्थीका अभिभावक तथा शुभचिन्तकहरुको अनुरोध पछि नेपलिज एसोशिएसन अफ टुओम्बाको सहकार्यमा नेपलिज किड्स इभेन्ट अन्र्तगतको सो नेपाली भाषाका कक्षाहरु यसै बर्ष २०२३ अगस्ट २७ देखि पुन सञ्चालन गरिएको किड्स इभेन्ट का संस्थापक अध्यक्ष राजन खतिवडाले जानकारी दिनुभयो ।पाछिल्लो हप्ता मात्रै ५७ जना विद्यार्थी उपस्थित भएको र यो संख्या अझै बढ्न सक्ने शिक्षिका सिर्जना अधिकारीले जानकारी दिनुभयो ।
यता नेपलिज एसोशिएसन अफ टुओम्बाले अस्ट्रेलियामा जन्मेका नेपाल बाबुनानीहरुलाई नेपलिज किड्स इभेन्ट मार्फत नेपाली पाठशालाका कार्यक्रम सञ्चालन सहकार्य गर्न पाउनु अत्यतै राम्रो भएको र आगामी दिनमा पनि नेपलिज किड्स इभेन्ट हरेक क्रियाकलाप गतिविधि तथा कार्यक्रममा साथ रहने जनाएको छ ।


किड्स इभेन्ट कार्यक्रमको निरन्तरताको लागि आर्थिक श्रोत, व्यवस्थापन तथा सहकार्य सदैब रहने नेपलिज एसोशिएसन अफ टुओम्बाका अध्यक्ष दिवस चाँपागाईले बताउनु भयो ।
चापाँगाईले टुओम्बा बस्ने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुले आफना स साना बाबुनानीहरु पाठशाला कक्षामा सहभागी गराईदिन र निरन्तरता दिनु आग्रह समेत गर्नुभयो ।
परदेशी भूमिमा रहेर पनि आफनो देश भाषा संस्कृति प्रति आफना भावी पुस्ता तथा बालबालिकाका लागि नेपाली पाठशाला कक्षा सञ्चालन गरेकोमा नेपाली अभिभावक खुशी थिए ।
हालको लागि विद्यार्थीहरुलाई निशुल्क भर्ना गरिएको र विस्तारै हरेक हप्ता विद्यार्थी संख्या बढ्दै गइरहेको नेपलिज किड्स इभेन्टका अध्यक्ष राजन खतिवडाले जानकारी दिनुभयो । साथै उहाँले हरेक हप्ता उपस्थित विद्यार्थी तथा अभिभावकको हाजिरी रेकर्ड राखिएको समेत जानकारी दिनुभयो । खतिवडाले विद्यार्थीको चाँप तथा आवश्यकता अनुसार भोलीका दिनमा अन्य कक्षाहरु समेत सञ्चालन गर्नुपर्ने हुदाँ टुओम्बा बस्ने नेपाली अभिभावकहरु स्वयसेवी रुपमा कक्षा सञ्चालन गर्न सहयोग गरिदिन समेत अनुरोध गर्नुभयो ।

परदेशी भूमिमा सञ्चालन गरिने यस्ता खालका कार्यक्रमले भोलीका दिनमा आँउने पुस्तालाई नेपाली भाषा संस्कृतिको जर्गेनाका साथै नेपाल र नेपालीको पहिचानमा समेत टेवा पु¥याउने देखिन्छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com