खोजी विशेष संवाददाता
टुओम्बा ११, अक्टोबर
यस बर्षको घटस्थापना र विजयादशमीको शुभसाइत अष्ट्रेलियाको विभिन्न शहरहरुमा फरक फरक रहेको छ ।
सिंगो देश अर्थात महादीप नै भएपनि विभिन्न शहरहरुको समय फरक फरक पर्ने भएकाले घटस्थापना र विजयादशमीको शुभसाईत पनि फरक फरक समयमा पर्न गएको हो ।
यस बर्ष यही असोज २८ गते आइतबार अर्थात अक्टोबर १५ तारिख घटस्थापना र कार्तिक ७ अर्थात अक्टोबर २४ गते विजयादशमी परेको छ ।
अन्तराष्ट्रिय पञ्चा· निर्णायक समितिले तय गरेको समयतालिका र हिन्दु समाज अस्टे«लियाले सार्वजानिक गरेको समयअनुसार अष्ट्रेलियाको सिड्नीमा घटस्थापना विहान ६ बजेर १८ मिनेट र विजया दशमीको टीका विहान ११ बजेर १५ मिनेट उत्तम रहेको छ ।
त्यसैगरी मेलवर्नमा घटस्थापना विहान ६ बजेर ४२ मिनेट, दशमी शुभ टीका विहान ११ बजेर ३५ मिनेटमा उत्तम रहको जनाएको छ ।
विस्रवेन शहरको लागि घटस्थापना, विहान ५ बजेर ४८ मिनेट र दशमी शुभ टीका विहान १० बजेर २५ मिनेट उत्तम रहेको छ ।
त्यसैगरी एडीलेडको लागि घटस्थापना विहान ६ बजेर ४५ मिनेट र विजया दशमी शुभ टीका साईत विहान ११ बजेर १७ मिनेट उत्तम रहेको जनाएको छ ।
क्यानवेराको लागि घटस्थापना विहान ६ बजेर २७ मिनेट र दशमी शुभ टीका विहान ११ बजेर २१ मिनेट शुभ मानिएको छ ।
तास्मानियाको लागि घटस्थापना विहान ६ बजेर २९ मिनेट र दशमी शुभ टीका विहान ११ बजेर २४ मिनेट रहेको छ ।
पर्थको लागि घटस्थापना विहान ५ बजेर ४२ मिनेट र दशमी शुभ टीकाको साइत विहान १० बजेर ४२ मिनेट रहेको छ ।
त्यस्तै डार्विनको लागि भने घटस्थापना विहान ६ बजेर ५३ मिनेट र दशमी शुभ टीका विहान ११ बजेर ३४ मिनेट रहेको छ ।
अन्तराष्ट्रिय पञ्चा· निर्णायक समितिले टीकाको मुख्य साईतको शुभारम्भ गरिसकेपछि माता दुर्गा भवानीको टीका तथा प्रसाद ग्रहण दिनभरी नै मान्यजनहरुको हातबाट लगाउन शुभ हुने जनाएको छ ।
