खोजी विशेष संवाददाता
पोखरा, २१ असोज
कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ४ लाहाचोकमा लाहाचोक युवा सञ्जालको मुख्य आयोजनामा भएको तीज विशेष साँस्कृतिक कार्यक्रमको आय व्यय सार्वजानिक गरेको छ ।
गत असोज १ गते सम्पन्न कार्यक्रमको कुल खर्च २ लाख ४५ हजार भएको आयोजकले जनाएको छ । जसमा कार्यक्रमको विविध खर्चको शिर्षकमा खर्च रकम राखेर नै सार्वजानिक गरेको छ। संस्थाले विभिन्न सहयोगी दाता, स्पोन्सर, सरकारी निकाय, वैदशिक रोजगार तथा विभिन्न श्रोतबाट गरी कुल आम्दानी रु २ लाख ६५ हजार रुपिया आम्दानी गरेको जनाएको छ ।
कार्यक्रमको खर्च रकम कटाएर बाँकी २० हजार वचत रहेको बताइएको छ ।
लाहाचोक युवा सञ्जालले माछापुच्छ्े त्रिशक्ति युनाइटेड क्लब, वैदेशिक रोजगार मञ्च लाहाचोक, महिला सञ्जाल, माछापुच्छ्े गाँउपालिका र वडा नं ४को कार्यालय सँग समन्वय तथा सहकार्य गरेको थियो ।
आयोजकले एक समीक्षा रिपोर्ट तयार पारेर कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याएका संघ संस्था व्यक्ति विशेष, कलाकार, मिडिया पार्टनर तथा उपस्थित दर्शकहरुलाई समेत धन्यवाद ज्ञापन गरेको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com